Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त : आईजीपी बन्ने सपना बोकेकी करिष्मा सर्वोत्कृष्ट

चितवन, पुष १६-
अछाम घर भएकी नर्स करिष्मा कुँवरलाई नेपाल प्रहरीभित्र नर्सिङ्ग पेसा पनि हुन्छ भन्ने कुरा थाहा थिएन ।

उनी आफ्नो दिदीको प्रेरणाले नेपाल प्रहरीमा खुलेको नर्सिङ्ग कोटामा नाम निकाल्न सफल भइन् । प्रहरी नायब निरीक्षक पदमा नाम निकालेकी करिष्मा भरतपुरको नेपाल प्रहरी शिक्षालयमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सर्वोत्कृष्ट बन्न सफल भइन् ।

९५ दिनसम्म चलेको तालिममा सहभागी भएका १३१ जनामध्ये उनी सर्वोत्कृष्ट बनेर दीक्षित भई कार्यक्षेत्रमा खटिएकी छिन् ।

प्रमाणपत्र तह नर्सिङ्ग गरेर बीएन पढ्ने तयारी गर्दागर्दै नेपाल प्रहरीमा सेवा सुरु गरेकी करिष्माको सपना आफ्नो योग्यता बढाउँदै नेपाल प्रहरीको उच्च तहको नेतृत्वमा पुग्ने छ । उनी भन्छिन्, ‘मेरो सपना प्रहरी महानिरीक्षक बन्नेछ ।’

तालिममा रहँदा प्रहरी संगठन भित्रको अनुशासन, देशप्रतिको जिम्मेवारी र वफादारिता, मानवीयता के हो भन्ने कुरा बुझ्न पाएको उनी बताउँछिन् ।

उत्कृष्ट प्रहरी बनेर कार्यक्षेत्रमा खटिँदै गर्दा आउने चुनौतीको सामना कसरी गर्ने भन्ने दक्षता तालिमबाट मिलेको उनको भनाइ छ ।

प्रहरीको तालिमबाट मानसिक, शारिरिक र अन्य ज्ञानका कुरा सिक्न सिकेको बताउँदै करिष्मा भन्छिन्, ‘म एकदिन पनि एप्सेन्ट भइन्, बिरामी पनि परिन्, हरेक अतिरिक्त क्रियाकलापदेखि सबै तालिममा उत्तिकै रुचि र चासो राखेर काम गरे, सोही भएर उत्कृष्ट बने ।’

गत साउन १८ गतेदेखि चलेको प्रहरी अधिकृत ९प्राविधिक० आधारभूत तालिम ३१औं समूहको दीक्षान्त समारोहमा प्राविधिक समूहका महिला ४८ र पुरुष ८३ जना गरी कुल १३१ जनालाई नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले दीक्षित गरे ।

जुनियर प्राविधिक प्रहरी अधिकृतहरुको तालिममा इन्जिनियरिङ्ग समूहका प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर ७० जना, विधि विज्ञानका प्रहरी नायव निरीक्षक १६ जना, स्वास्थ्यका ३४ जना र केनाइनका प्रहरी सहायक निरीक्षक एक जना गरेर १३१ जना तालिम पछि दीक्षित भएका छन् ।

इन्जिनियरिङ्गमा सञ्चार, सूचना प्रविधि र कम्प्युटर, इलेक्ट्रिकल ओभरसियर र सिभिल ओभरसियर पदमा प्रहरी नायव निरीक्षक र सहायक निरीक्षकहरूलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको शिक्षालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

उनका अनुसार तालिममा प्रहरी सहायक निरिक्षक गोपाल रम्तेल र प्रहरी नायब निरीक्षक सतिस थारु सर्वद्धितीय भए भने, प्रहरी नायव निरीक्षक अनुपा कुमारी तिवारी सर्वतृतीय, अध्ययन प्रथम प्रहरी नायव निरीक्षक सुनिता कटवाल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक विकासप्रसाद यादव, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रहरी नायव निरीक्षक मनोजकुमार राई, शारिरीक ब्यायाम प्रथम प्रहरी सहायक निरीक्षक दीपेन्द्र कटवाल र चाँदमारी प्रथम प्रहरी नायव निरीक्षक पवन ढकाल भए ।

उनीहरुलाई दीक्षान्त समारोहमा शिक्षालयका निर्देशक सन्दीप भण्डारीले सम्मान गरेका थिए । ४५० पूर्णाङ्क रहेको तालिममा ७० प्रतिशतभन्दा माथि ल्याउने १२२ जना र ख श्रेणी ल्याउने ९ जना रहेका थिए ।

सहभागीहरुले आन्तरिक प्रशिक्षणमा प्रहरी ऐन,नियम तथा सुरक्षा निकायसम्बन्धी परिचय, प्रहरी सेवा कार्यक्षेत्र सम्बन्धी विषयवस्तु, मानवस्रोत तथा कार्यालय व्यवस्थापन, मूल्य शिक्षा तथा आध्यामिक शिक्षा दिइएको प्रहरी नायव उपरीक्षक एकनाराण कोइरालाले बताए ।

बाह्य प्रशिक्षणमा व्यबहारिक कवाज, शारीरिक तन्दुरुस्ती तथा आत्म रक्षा, योग, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, लामो तथा छोटो दूरीको हतियारबाट मस्केट्री, चाँदमारी अभ्यास तथा हाइकिङ्गसमेत गराइएको कोइरालाले बताए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले पछिल्लो समयमा अपराधमा भित्रिएको प्रविधिले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको भन्दैं त्यसमा प्राविधिक जनशक्तिको थप दक्षता आवश्यक भएको बताए ।

उनले जनताको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा कति पनि विचलित नभएर जुट्न दीक्षितहरुलाई निर्देशन दिए ।

शिक्षालयमा ४११ प्राविधिक जवान र प्रहरी अधिकृत असई ४३१ जनाको तालिम अहिले चलिरहेको छ । प्राविधिक जुनियर प्रहरी अधिकृतहरुका लागि ९५ दिन र साधारण प्रहरी अधिकृत तथा जवानहरुका लागि २६५ दिनको तालिम अवधि रहने गरेको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.