चितवन, पुष ८
भरतपुरको सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी क्याम्पस कमिटीले आज क्याम्पसमा अन्तर कक्षा हाजिरी प्रतियोगिता सम्पन्न गरेको हो ।
४२ टोली सहभागिता रहेको प्रतियोगितामा बिएड तेश्रो वर्षबाट आएका चित्र बहादुर गाहामगर र देवआशिष घिमिरेको टिम प्रथम, कक्षा १२ कम्प्युटरसाइन्सबाट आएको रोशन लामिछाने र आयूष भण्डारीको टिम दोश्रो भयो भने बिआइसिटी दोश्रो सेमेष्टरबाट आएको चुनचुन कुमार शहनी र रोजिना पौडेल सम्मिलित टिम तेश्रो भयो ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, प्रमाण पत्र र रनिङ्ग सिल्ड प्राप्त गर्यो भने दोश्रो र तेश्रो हुने टिमले क्रमश ६ हजार र ४ हजारसहित प्रमाणपत्र प्राप्त गर्यो ।