Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

नारायणगढ – बुटवल सडक : थपिएको अवधिमा सक्न गति बढाउनुपर्ने

काठमाडौँ । नारायणगढ–बुटवल सडकअन्तर्गतका दुई ठेक्कामध्ये दुवैमा अवधि थप भएसँगै कामको गति केही बढेको छ । दुई महिना पहिले निर्माण प्रगति एक प्रतिशतभन्दा कम रहेकामा गत महिना (डिसेम्बर) दुई प्रतिशत नाघेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ । योजनाको प्रगति अहिले सकारात्मक भएको नारायणगढ–बुटवल योजना सडक (पूर्वखण्ड) का प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो ।

केही समय पहिले निर्माणमा ढिलाइ भएको भनी निर्माण कम्पनीलाई चेतावनी पत्र दिइएको थियो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीमा काम सकाउनुपर्छ भन्ने सोच भएर हुनसक्छ पहिले काम नबढेकामा अहिले बढ्ेको छ ।” निर्माण कम्पनीले यो वर्ष दुवै खण्डमा केही किमी सडक कालोपत्र गर्नेसमेत प्रतिबद्धता जनाएको छ । गत साउनमा अवधि सकिएकामा सरकारले आगामी साउनसम्मका लागि थप गरेको हो । हाल दुवै ठेक्कामा भौतिक प्रगति २२ प्रतिशत हाराहारी छ ।

पूर्वी खण्डमा गत सेप्टेम्बरमा प्रगति अति खराब भएकाले चेतावनी पत्र दिइएको थियो । पहिले एक महिनामा प्रगति एक प्रतिशत पुग्न गाह्रो रहेकामा नोभेम्बरमा २ प्रतिशत भन्दामाथि देखिएको छ । उहाँले भन्नुभयो, “डिसेम्बरमा त्यो बढ्नसक्छ र आगामी महिनामा बढाउँदै जाँदा अझै बढी प्रगति हुनसक्छ ।”

एक महिनामा चार–पाँच प्रतिशत प्रगति हुँदा पनि राम्रो हुने उहाँले बताउनुभयो । कम्पनीले काम बिस्तारै बढाउँदै जाँदा थपिएको अवधि आगामी वर्ष साउनसम्ममा योजनामा धेरै काम सकिएर थोरै मात्रै बाँकी हुनसक्ने उहाँको भनाइ छ ।

पहिले विद्युत्का खम्बा, रुख, खानेपानीका पाइपलगायत धेरै कुरा हटाउनुपर्ने थियो । अहिले अरु संरचना हटाइसकिएको र विद्युत्को खम्बा ३०÷३५ प्रतिशत हटाइसकिएको छ । उहाँले भन्नुभयो, “अरु निर्माणको काम हुँदा खम्बा हटाउने पनि सँगसँगै भइरहेको छ ।”

निर्माण कम्पनीले उपकरण, जनशक्ति, निर्माण सामग्रीलगायत आवश्यक स्रोत बढाएर उपयोग गर्दा समयमा निर्माण कार्य सकिने प्रमुख दृष्टिले बताउनुभयो । निर्माण सामग्री टाढाबाट ल्याएर काम गर्न नसकिने र आसपासबाट ल्याउनुपर्ने हुन्छ ।

निर्माण एक वर्षमा सम्पन्न गर्न कम्पनीसँग भएका स्रोत पर्याप्त नभएपनि उसले केही बढाइरहेकाले आवश्यकमात्रामा बढाउला भन्ने आशा रहेको प्रमुख दृष्टिले बताउनुभयो । एक साताअघिसम्म सात÷आठ सय जना कामदार रहेकामा अहिले त्यो सङ्ख्या एक हजार दुई सय पु¥याइएको छ ।

गत दसैँभन्दा पहिले सडकको अवस्था साह्रै खराब भएकामा अहिले मर्मत गरेर सजिलो बनाइएको छ । कहिलेकाहीँ धुलो उडे पनि कम्पनीले नियमितरुपमा नै पानी फालेर धुलो कम गराएको छ । पहिले खाल्डाखुल्डी धेरै रहेको दाउन्नेलगायतका ठाउँमा अहिले मर्मत भइसकेको छ । मुख्य बजारमा मर्मत गरिसकेको र अरु ठाउँमा गरिरहेको योजनाले जनाएको छ ।

आगामी वर्ष वर्षासम्ममा सबै पुल निर्माण सम्पन्न हुने आशा रहेको प्रमुख दृष्टले बताउनुभयो । कम्पनीसँग पर्याप्त स्रोत रहेकाले त्यो परिचालन गर्नुपर्ने उहाँको भनाइ छ । सो सडक पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले पश्चिम खण्डमा पछिल्लो महिना निर्माणले केही गति लिएको बताउनुभयो । एक महिनामा दुई प्रतिशत हाराहरीमा प्रगति रहेको छ । यो खण्डमा उपकरण अहिलेसम्म नबढाएकाले त्यो बढाउन भनिएको छ ।

ढुङ्गा गिटीलगायतका नदीजन्य सामग्रीको कमी देखिएको छ । अरु किसिमका उपकरण पहिले नै पुग्ने अवस्थामा रहेको र जनशक्ति कमी रहेकाले थप्न भनिएको छ । उहाँले भन्नुभयो, “अहिले छ सय हाराहारीमा छन् हामीले त्यति नै सङ्ख्यामा थप्न भनेका छौँ ।”

सडक मर्मत गरेर पहिलेभन्दा केही सुधार भएको छ । सडकको अवस्था तीन÷चार महिना पहिलेसम्म नारायणगढबाट बुटवल पुग्न पाँच घण्टा लाग्नेमा अहिले तीन घण्टामा पुग्न सकिन्छ ।

कामको अहिलेको गति हेर्दा थपिएको अवधिमा निर्माण सम्पन्न हुने नदेखिएको प्रमुख शाक्यले बताउनुभयो । यहाँ रहेका नौ ठूला पुल र २१ साना पुलमा निर्माणको काम भइरहेको छ । यो विषयमा सदन र संसदीय समितिमा समेत पटकपटक छलफल भएको थियो ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलोपटक वन्यजन्तु वारपार गर्न ‘ओभर पास’ निर्माण गरिने सडक विभागको योजना छ । सो सडकखण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ‘ओभर पास’ निर्माण गर्ने तयारी गरिएको हो ।

चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । त्यस्तै, कमला–कञ्चनपुर, मुग्लिन पोखरालगायतका सडक पनि बिस्तारका क्रममा रहेका छन् । विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि थपिएको हो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

ताजा समाचार

सबै

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.