Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

विजय सुवेदी भन्छन्ः बागमतीमा गठबन्धन असफल भए मात्र एमालेले सरकार बनाउने प्रयास गर्छ

चितवन, पुस ५-

नेकपा एमाले बागमती प्रदेशका सचिव विजय सुवेदीले प्रदेश सरकार निर्माणमा गठबन्धन असफल भएपछि मात्र एमालेले सरकार निर्माणको प्रयास सुरु गर्ने बताएका छन् ।

बागमती प्रदेशमा सरकार गठनमा कुनै दलको स्पष्ट बहुमत नभएपछि सरकार गठनमा अलमल देखिएपछि एमाले सचिव सुवेदीले एमालेले अहिले कुनै प्रयास नगरेको बताएका हुन् । उनले केन्द्रीय तहमा बन्ने समीकरण अनुसार प्रदेश चल्ने बताए । सत्तारुढ गठबन्धन असफल भएमा मात्र केन्द्रदेखि प्रदेशसम्म एमालेले सरकार गठनको प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।

एमालेले सांसदहरुको शपथ ग्रहणपछि मात्र दलको नेता चयनका विषयमा काम सुरु गर्ने उनको भनाइ छ । ‘सरकार गठनका विषयमा केन्द्रले नै मुख्य भूमिका खेल्छ । गठबन्धन असफल भएमा केन्द्रीय समीकरण अनुसार हामीले प्रदेशमा सरकार बनाउने प्रक्रियामा जाने हो,’ उनले भने, ‘हामीले दलको नेता छान्न हो । त्यसको लागि सांसदहरुको शपथ ग्रहणपछि मात्र प्रक्रिया सुरु गर्छौं ।’ सरकार गठनका लागि एमालेलाई नेकपा माओवादी केन्द्रसहित अन्य साना दलहरुको समर्थन आवश्यक हुन्छ । जसको सम्भावना अत्यन्त न्यून छ ।

दलहरुको आआफ्नै दाबी

निर्वाचन सम्पन्न भए लगत्तै प्रदेश सरकार गठनमा दलहरुले आ–आफ्नो दाबी गर्दै सुरु गरेका छन् । निर्वाचन सम्पन्न भएको एक महिना पूरा भइसक्दा पनि दलहरुले सरकार गठनका विषयमा ठोस निर्णय भने लिन सकेका छैनन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसले ३७, एमालेले २७, माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल मजदुर किसान पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् ।

बागमती प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ५६ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये कुनै पनि दलले बहुमत नल्याएका कारण अझै कसको नेतृत्वमा सरकार बनाउने भन्ने अन्योल देखिएको छ ।

संघीय सरकारमा सत्ता गठबन्धनको भागबण्डाका कारण पनि प्रदेश तहको सरकार निर्माणमा दलहरु थप अन्योलमा देखिएका छन् । संघीय सरकारको भागबण्डापछि मात्र प्रदेशतर्फ लाग्ने परिस्थिति रहेका कारण प्रदेशका सम्पूर्ण सांसदहरु केन्द्रतिर नै फर्केर बसेका छन् ।

नेपाली कांग्रेसभित्र विवाद

सत्ता गठबन्धनको नेतृत्वकर्ता एवम् प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबीसहित छलफलमा छ । तर, सो दलभित्रै संसदीय दलको नेता को बन्ने भन्ने विवाद चर्को छ । जसका कारण उक्त दलले समेत सरकार गठनको विषयमा निर्णय गर्न सकेको छैन ।

सरकारको नेतृत्वमा कांग्रेसलाई एकातर्फ सत्ता गठबन्धनका दलको दबाब त छँदैछ, अर्को तर्फ आफ्नै दलभित्रको विवादले समस्या देखिएको छ । संसदीय दलको नेता बन्न कांग्रेसमा केन्द्रीय सदस्य बहादुरसिंह लामा र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रयासरत छन् । दुवै जना दलको नेता चुनेर प्रदेश सरकारको नेतृत्व गर्न काठमाडौं केन्द्रित छन् ।

कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले केन्द्रीय तहमा हुने ‘पावर सेयरिङ’ अनुसार प्रदेश सरकारको पनि भागबण्डा हुने बताए । उनका अनुसार कांग्रेस सत्ता गठबन्धनमा रहेकाले भागबण्डाको विषय प्याकेजमा हुनेछ । त्यसैले केन्द्रको निर्णय नै आवश्यक रहेको उनको भनाइ छ ।

‘हामी अहिले दलको नेता चयन गर्न तर्फ केन्द्रित छौं । हामीलाई केन्द्रीय तहबाट दलको नेता चयन गर्न निर्देशन प्राप्त भइसकेको छ । अब पावर सेयरिङको विषय भने केन्द्रबाटै हुन्छ । प्याकेजमा भागबण्डा हुने भएकाले हामीले कुनै हस्तक्षेप गर्न मिल्दैन । केन्द्रको निर्णय नै अन्तिम हुन्छ ।’
भागबण्डामा बागमती प्रदेश कांग्रेसले पाएको अवस्थामा कांग्रेस संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने उनले बताए ।
उता प्रदेशको दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनका विषयमा खासै चासो दिएको देखिँदैन । २०७४ मा बहुमत सहितको सरकार बनाएको एमाले हाल २७ सिटमा सीमित बनेको छ । सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने देखिएपछि एमाले मौन बस्नु पर्ने परिस्थिति बनेको हो ।

यता प्रदेशको तेस्रो ठुलो दल माओवादी केन्द्र सत्ता गठबन्धनको सारथि हो । उक्त दलबाट संघीय सरकारको नेतृत्वसहित प्रदेशमा पनि दाबी गर्दै आएको छ । माओवादी केन्द्रले संघीय सरकारको नेतृत्व दाबी गर्दै आएकाले त्यसको छिनोफानो नभएसम्म प्रदेश सरकारको निर्णय गर्ने अवस्था देखिँदैन ।

माओवादी केन्द्रमा पनि दलको नेता बन्न होडबाजी चलेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेताका लागि पोलिटव्युरो सदस्य शालिकराम जम्कट्टेल र प्रदेश अध्यक्ष सरल सहयात्री प्रमुख दाबेदारको रुपमा छन् । दलको नेता चुनिन उनीहरु तीव्र लबिङमा छन् । उनीहरुको चासो दलको नेतामा बढी छ भने सरकार गठनमा कम देखिएको छ ।

माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’का अनुसार प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीका विषयमा प्रदेशस्तरमा कुनै पनि छलफल नभएको छैन । उक्त विषय केन्द्रबाटै टुङ्गिने भएकाले त्यसमा प्रदेश कमिटीको रायमात्र समेटिने उनले बताए ।

दलको नेता चयनका विषयमा भने केही दिनमा प्रदेश कमिटीले प्रक्रिया सुरु गर्ने उनको भनाइ छ । २०७४ मा २ सिटमा सीमित रहेको राप्रपा यस पटक १३ सिट जित्दै प्रदेशको चौथो दलको रुपमा स्थापित भएको छ । उक्त दलले सरकार गठनमा आफ्नो भूमिका नहुने देखेर खासै चासो राखेको छैन । प्रदेश संरचना खारेजीको माग राख्दै आएको सो दल गत कार्यकालमा जस्तै प्रतिपक्षको भूमिकामा नै सीमित हुने देखिन्छ ।

सत्ता गठबन्धनको अर्को साझेदार दल नेकपा एकीकृत समाजवादी प्रदेशको पाँचौ ठूलो दल हो । सरकारको नेतृत्वमा सत्ता गठबन्धनमा दुई ठूला दलबीच लडाइँ चलिरहँदा एकीकृत समाजवादीले पनि त्यसमा च्याँखे थापेको छ । वर्तमान प्रदेश सरकारको नेतृत्वमा रहेको उक्त दल पुनः सरकारको नेतृत्वमा रहन चाहन्छ । तर, केन्द्रीय समीकरण अनुसार भागबण्डा हुने भएकाले सो दल पनि प्रदेश सरकार गठनका विषयमा आफ्नो दाबी सहित मौन छ ।

प्रदेशसभामा प्रतिनिधित्व गरेका नेमकिपा र हाम्रो नेपाली पार्टी सरकार गठनका विषयमा मौन छन् । २०७४ मा पनि प्रतिपक्षमै बसेको नेमकिपा यस पटक पनि सोही भूमिका दोहो¥याउन चाहन्छ भने हाम्रो नेपाली पार्टी पनि सरकार निर्माणमा भूमिका खेल्ने पक्षमा देखिँदैन ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.