– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष ५
भरतपुर महानगरपालिका १० स्थित अरोमा कलेजमा शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
कम्प्युटर विषय पढाउने शिक्षकले छात्राहरुलाई जथाभावी छुने गरेको विद्यार्थीहरुको आरोप छ ।
अहिले स्थिति तनावपूर्ण छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति गराइएको छ । विद्यार्थीहरुले कलेजमा तोडफोड गरेका छन् । कलेजका बस र प्रशासन भित्र तोडफोड भएको छ ।
प्रदर्शनका क्रममा केही विद्यार्थी घाइते समेत भएका छन् । अझै पनि प्रदर्शन जारी रहेको र स्थिति तनावपूर्ण रहेकाले थप विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीका उच्च अधिकारी नै घटना स्थलमा रहेका र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार