काठमाडौं, मंसिर २६-
अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।
अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन्।
अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















