Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • ९. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

२३ मंसिर, काठमाडौं

दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने(सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

हुन त यसपटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

अपराजित छ क्रोएसिया

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा भने ब्राजिल अपराजित छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्‍याउने दाउमा छ ।

चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ । तर उसको यात्रा भने सहज छैन, कारण क्वाटरफाइनलमै पाँच पटकको विजेता ब्राजिलसँग क्रोएसियाको भेट हुँदैछ ।

कतार विश्वकपमा क्रोएसियाले समूह एफमा एक खेल जितेको थियो भने दुई खेल बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडाविरुद्ध ४(१ को पुनरागमन जित निकालेको थियो भने बेल्जियमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा १२० मिनेटको खेल १(१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३(१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिल स् विश्वकपको सदाबहार दाबेदार

फिफा वरीयतामा विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार हो ब्राजिल । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

पछिल्लो पटक एसियामै भएको विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा उपाधिको पर्खाइलाई अन्त्य गर्न चाहन्छ ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । त्यसपछि ब्राजिल फाइनल पनि पुग्न सकेको छैन । २०१४ मा घरेलु भूमिमै सेमिफाइनल पुगेको ब्राजिल २००६, २०१० र २०१८ मा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

नेदरल्याण्ड्स स् तीन पटकसम्म विश्वकपको फाइनलमा हार

नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

आयोजक ब्राजिललाई हराएर नेदरल्याण्ड्स तेस्रो भएको थियो । ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको नेदरल्याण्ड्सको भेट यस पटक पनि अर्जेन्टिनासँग हुँदैछ ।

जारी विश्वकपमा अपराजित चार मध्ये एक टिम हो नेदरल्याण्ड्स । नेदरल्याण्ड्स समूह चरणमा २ जित र १ बराबरी नतिजासहित समूह विजेता बनेको थियो ।

नेदरल्याण्ड्सले समूह चरणमा सेनेगललाई २(० र कतारलाई २(० ले पराजित गरेको थियो भने इक्वेडरसँग १(१ को बराबरी खेलेको थियो । नेदरल्याण्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३(१ ले हराएको थियो ।

नेदरल्याण्ड्सका कोडी गाक्पोले विश्वकपमा ३ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको होडमा छन् ।

अर्जेन्टिना स् मेसीको अन्तिम विश्वकप सुखद बनाउने लक्ष्य

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।

लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।

अर्जेन्टिना पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्दैछ । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्सविरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा हराएर अर्जेन्टिना फाइनल पुगेको थियो तर अतिरिक्त समयमा गोल व्यहोर्दै जर्मनीसँग पराजित हुँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो ।

यस पटक पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासित २(१ को हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने खतरा बढेको थियो । तर त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २(० को नतिजामा हराएर अर्जेन्टिना समूह विजेता बनेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २/१ ले हराएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विराटनगरको रोमाञ्चक जित
एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

ताजा समाचार

सबै

विराटनगरको रोमाञ्चक जित

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech