चितवन,मंसिर १९ –
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा गैंडा मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार भाले गैंडा मृत अबस्थामा भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनुभयो ।
मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राबिधिक टोलि जाँदै गरेको उहाँले जानकारी दिनुभयो । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।






