काठमाडौं, मंसिर १८-
जयबुद्ध सामुदायिक अस्पताल प्रालि भरतपुरको अध्यक्षमा पुनः जगतबहादुर गुरुङ चयन भएका छन् ।
शनिबार सम्पन्न अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगतबहादुर गुरुङलाई चयन गरेको हो ।
अधिवेशनले अस्पतालको सञ्चालक समितिमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो ।
बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा कार्यक्रममा दुई जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान समेत गरिएको छ ।






