चितवन, मंसिर १८-
चितवन क्षेत्र नम्बर २ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले राजमार्गका १२ वटा ठाउँमा शौचालय निमार्ण बर्ने बताएका छन् ।
उनले राजमार्गमा यात्रा गर्दा महिलालाई शौचालय नहुँदा पर्ने समस्याको अन्त्यका लागि शौचालय निर्माण गर्ने सामाजिक सञ्चालमार्फत जानकारी दिएका हुन् ।
राजमार्गमा १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरी द्रुत गतिमा काम अगाडि बढेको उनको भनाइ छ ।







