काठमाडौं, मंसिर १४-
चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ ।
रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज बुधवार दिउँसो उनको निधन भएको हो ।
नेता जियाङ ९६ वर्षका थिए । केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।
पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए ।















