चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्बर १ को मतगणना खैरहनी माध्यमिक विद्यालयमा सुरु भएको छ ।
सर्वदलीय बैठकको निर्णयअनुसार दिउँसो सवा १ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत प्रमुख रेशमराज सिग्देलले जानकारी दिएका हुन् ।
यस क्षेत्रमा प्रतिनिधि सभामा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल बीच मुख्य प्रतिष्पर्धा छ ।
चितवन क्षेत्र नं १ मा ६८।७३ प्रतिशत मत खसेको छ ।






