चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो सवा २ बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।
यस्तै क्षेत्र नम्वर १ को बिहान ११ बजेबाट मतगणना सुरु भएको छ भने क्षेत्र नं. २ का दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।






