चितवन, मंसिर ५-
चितवनका तीन वटै निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १ को मतगणना बिहान ११ बजेबाट गरिने भएको छ ।
मतगणना सुरु हुनुअघि बसेको सर्वदलीय बैठकले ११ बजेबाट वडा अनुसार मत गणना गर्ने निर्णय गरेको हो ।
चितवन (१ )को खैरहनी, चितवन (२) को भरतपुर र चितवन (३) को रामपुरमा मतगणना हुने छ ।
यस्तै, केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना भएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।








