चितवन, मंसिर ४–
चितवनमा मतपेटिका जलाउने प्रयास भएपछि मतदान स्थगित भएको छ ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो । त्यसलगत्तै मतदान स्थगित भएको हो ।
निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको बताए ।
मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






