चितवन,कात्तिक ३०-
चितवनमा करेन्ट लागरे छ वर्षीय बालकका मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १४ शिवनगर निवासी प्रकाश पाठकका छ वर्षीय छोरा प्रसिद्ध पाठकको हिजो करेन्ट लागेर मृत्यु भएको हो । खाली खुट्टा आफ्नै घरमा रहेको स्वीच बोर्ड चलाइरहेका बेला उनलाई करेन्ट लागेको थियो । स्वीचको आधा भाग खाली रहेकाले करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल ल्याइएपनि अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।






