चितवन, कार्तिक ३०-
आफ्नो क्षेत्र अनि समग्र चितवन र राष्ट्रलाई वुझेका नेता मध्य एक हुन् सुरेन्द्र पाण्डे । उनी अर्थतन्त्रमा समेत दख्खल राखेका राजनितिज्ञ हुन् । अर्थशास्त्रका विद्यार्थी रहेका उनी अर्थमन्त्री पनि भईसके ।
नेकपा एमालेका उपाध्यक्ष रहेका पाण्डे आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार पनि हुन् । अन्य क्षेत्रको तुलनामा चितवन १ निर्वाचन क्षेत्र विकासका दृष्टिले अघिनै छ । यो क्षेत्रका भित्री सडक प्राय कालोपत्रे भईसके ।
उत्तरी भेगमा रहेको खानेपानीको समस्या करिव सकिएको छ । त्यसै क्षेत्रमा सिंचाईका लागि पर्याप्त मात्रामा बोरिङ राखिएका छन् ,नहर वनाईएको छ । वि।सं। २०७० सालको निर्वाचन यता यो क्षेत्रमा यि काम मात्र होईन् ,राष्ट्रिय महत्व राख्ने गौरवका योजनाहरु पनि छन् ।
केही महत्वपूर्ण योजनाहरु सम्पन्न गर्दै यहाँका स्थानीयको आयआर्जन वृद्धीका लागि आफुले उम्मेदवारी दिएर चुनावमा होमिएको पाण्डे वताउँछन् । पाण्डेले अघि सारेका गौरवका आयोजनाहरु यस्ता छन् ।
१। चेपाङ राजमार्ग – भण्डारादेखी मलेखु जोड्ने गरि चेपाङ राजमार्ग निर्माणाधिन अवस्थामा छ । काठमाडौ सम्म पुग्नका लागि यो मार्ग महत्वपूर्ण छ । कोरोनाले देशको अर्थतन्त्रनै तहसनहस वनाएपछि यो मार्गमा द्रुत रुपमा काम हुन सकेन ।
पाण्डे अर्थमन्त्री हुँदा सुरुवात गरिएको यो मार्ग चेपाङको पहिचान समेत हुने गरि राखिएको हो । यो आर्थिक वर्षमा पनि सरकारले यो मार्गका लागि २० करोड रुपैयाँ विनियोजन गरेकोछ । यो मार्ग निर्माणले अहिले राप्तीका पहाडी भेगका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने पूर्ण रुपमा सम्पन्न भएपछि भण्डारादेखी मलेखु करिव डेढ घण्टामा पुग्न सकिने छ ।
२। सौराहामा अन्र्तराष्ट्रियता स्तरको सभाहल – अघिल्लो निर्वाचनका वेला जनाएको प्रतिवद्धता अनुसार पूर्व साँसद पाण्डेले सौराहामा अन्तराष्ट्रियस्तरको सभाहलका लागि योजना पारे । ठुलो संख्यामा हुने सभा ,सम्मेलनका लागि सभाहल अभाव छ । त्यसैलाई मध्यनजर गर्दै पाण्डेले यो महत्वपूर्ण योजना अघि सारेका थिए । सो सभाहलको निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको छ ।
३। पहाडी वडामा विद्युतिकरण – चितवन १ निर्वाचन क्षेत्रमा पर्ने राप्ती नगरपालिकाको पहाडी ४ वटा वडामा पूर्ण रुपमा विजुली पुगेको छैन् । १०,११ र १२ का केही ठाउँमा पुगे पनि वडा नम्वर १३ मा अझै पुगेको छैन् ।
त्यहाँ स्थानीयलाई उज्यालो दिलाउन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेकै पहलमा विद्युतिकरणको काम भईरहेको छ । वडा नम्वर १२ सम्म अहिले मुख्य ठाउँहरुमा विद्युत प्रवाह भईरहेको छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघको सात गते विद्युतिकरणका लागि १४ करोड ४६ लाख स्वीकृत गरेको थियो । २०७७ जेठ १५ देखी ठेक्का सम्झौता भएर काम सुरु भएको हो । सोही अनुसार ति चार वडामा विद्युतिकरणको काम धमाधम भईरहेको छ ।
४। वकुलहर अस्पताल स्तरोन्नती र सेवा थप – पाण्डेको प्रतिवद्धता अनुसार रत्ननगरमा रहेको वकुलहर रत्ननगर अस्पतालको मुहार फेरिएको छ । यो अस्पताल स्तरोन्नती भई अहिले प्रदेशस्तरीय वनेको छ । यहाँ सवै प्रकारका सेवा थप गरिएपछि विषेशत पूर्वी चितवनका जनतालाई राहत मिलेको छ । धेरै जसो विरामीहरु यही अस्पताल जाने गरेका छन् ।
५ं राप्ती नदिमा आरसिसि सहितको ड्याक – २०५० सालमा आएको ठृुलो बाढीले पूर्वी चितवनलाई असर पर्यो । त्यसको असरलाई मध्यनजर गर्दै तत्कालिन साँसद स्वर्गिय जागृत प्रसाद भेटवालले नेतृत्व लिएर ड्याक निर्माणको काम सुरु गरे । स्वीस सरकारसंगको साझेदारीमा ड्याक निर्माणको काम सुरु भयो ।
तर अहिले दीर्घ कालका लागि भन्दै एमाले उपाध्यक्ष पाण्डेको आफ्नो कार्यकालमा आरसिसि ड्याक निर्माण सुभारम्भ भएको छ । यो किसिमको ड्याक नेपालकै पहिलो हो ।
यि त केही महत्वपूर्ण योजनाहरु हुन् । तर सानातिना योजनाहरु प्रशस्त छन् । आफ्नो भुगोललाई चिनेका ,जानेका नेताका रुपमा पाण्डेलाई लिईन्छ । यो क्षेत्रमा पाण्डेले गरेको विकास निर्माणकै कारण उनलाई यस क्षेत्रका जनताले विकास निर्माणको पर्यायीका रुपमा समेत लिन्छन् । राप्ती नगरपालिकामा निवर्तमान उपमेयर इमानसिंह लामा पूर्व साँसद पाण्डेको पहलमा यो क्षेत्रमा विकासले गति लिएको वताउँछन् ।
जनताका समस्या वुझ्ने,समस्यामा साथ दिने नेताका रुपमा जसरी स्वर्गिय जागृत प्रसाद भेटवाललाई लिईन्छ,पाण्डेलाई पनि यहाँका जनताले सोही अनुसार वुझ्ने गरेको लामा वताउँछन् ।






