भरतपुर, २७ कार्तिक –
चितवन निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले क्षेत्र न. ३ लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताएका छन् ।
उनले चितवन पर्यटकिय रुपमा क्षेत्र न. ३ प्रचुर सम्भावना भएको क्षेत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए । उनले माडी, मेघौली, गोलाघाट क्षेत्रलाई समेटी पर्यटकिय प्रवर्द्धन गर्न सके सौराहा भन्दा यस क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उनले बताए ।
उनले जल पर्यटनको प्रचुर सम्भावना पनि रहेको यस क्षेत्रमा पर्यटकीय प्रवर्द्धन गर्न सके यस क्षेत्रको स्थानीयको जिवनस्तर समेत सुदृढ हुँदै जाने उनको विश्वास छ। माडी, मेघौली क्षेत्रलाई धार्मिक र कृषि भुमीको क्षेत्रकाे रुपमा विकास गर्ने बताएका छन्। अहिले निकुञ्ज वरण्डाभार क्षेत्रमा बसोबास गर्नेहरुलाई समयसमयमा जनावरले दु:ख दिएर यहाँको बसोबास अभिशाप लागेपनी व्यवस्थित पर्यटन प्रवर्द्धन गर्न सके वन पर्यटनको रूपमा यस क्षेत्रलाई विकास गरि वरदानको रुपमा यस क्षेत्रलाई स्थापित गर्ने उनको प्रतिवद्धता छ।















