Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

केपी ओली देखाएर भोट माग्दै कृष्णभक्त

चितवन, कात्तिक २५-
बिहीबार अपराह्न ४ बजेतिर भरतपुर महानगरपालिका–२, आँपटारीको मूल सडक आडको गल्लीमा पोलिटिकल र्‍याप घन्कियो ।

‘शहर शहरमा ओली,

झुपडी र महलमा ओली

ठाउँ ठाउँमा ओली‘’

गाडीमा राखिएको स्पिकरले मात्र ‘मंसिर ४, ओली सरकार’ भन्दै र्‍याप घन्काएन । भिडको अघिल्तिर हिँड्दै गरेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसहित एमाले कार्यकर्ताले पनि ओलीको नाम लिँदै भोट मागे ।

‘सूर्यको जित छ, भोलि

आउँदैछन् केपी ओली’

स्पिकरको चर्को ध्वनिबीच एमाले उम्मेदवार पोखरेल दुई वृद्ध भएको घर अगाडि टक्क अडिन्छन् । श्रद्धापूर्वक नमस्कार गर्दै भन्छन्, ‘दाइ, सूर्यमा है भोट ।’ कपडा टक्टक्याउँदै उभिएका वृद्ध मुन्टो हल्लाउँछन् । बोल्दैनन् ।

पोखरेल अघि बढ्ने वित्तिकै एमाले चितवन जिल्ला कमिटी सदस्य देव पाठक आइपुग्छन् । ‘ल है सूर्यमा भोट, केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ’, पाठकले भने, ‘अरुलाई दिएर दुईजना सांसद भएर केही हुँदैन । केपीलाई बनायो भने परिवर्तन हुन्छ ।’

वृद्ध चुपचाप हेरिरहन्छन् । कार्यकर्ता नारा लगाउँछन्, ‘नेकपा एमाले जिन्दावाद ।’

‘दाइ, याँ घरभित्रै जानुपर्छ’, एक कार्यकर्ताले पोखरेललाई अनुरोध गरे । उनीभित्र जान खोज्दा एकजना महिला बाहिर निस्किइन् ।

‘ल है दिदी, भोट दिनुपर्यो’, उनले बोलिनसक्दै जवाफ आयो, ‘हजुरलाई नै त हो, सधैं दिने ।’ पोखरेल र अरु कार्यकर्ता ओलीको नाम लिँदै प्रधानमन्त्री बनाउनुपर्ने बताउन थाले ।

केहिबेरपछि भएको सभामा पनि पोखरेलले अहिलेको चुनाव नै केपी ओली कि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने विषयको भएको बताउँदै एमालेका घोषणा पत्रमा उल्लेखित वाचाहरु दोहोर्याए ।

ओलीलाई प्रधानमन्त्री बनाउने गरी आफूलाई भोट दिन आग्रह गर्ने पोखरेल स्वयं चाहिँ विगतमा पार्टीभित्र माधव नेपाल खेमाका नेताका रुपमा चिनिन्थे । नेपालले पार्टी विभाजन गरेर जाँदा चाहिँ पोखरेलले ओलीलाई साथ दिए ।

लामा टोलबाट ओरालो जाँदै गर्दा उनले पसल–पसल छिरेर पनि आफूलाई भोट मागिरहे । सकेसम्म नजिकै गएर दुई हात जोडिरहे ।

‘दाइ नमस्कार, आराम हुनुहुन्छ ?’

चिया पसलमा बसेका एक वृद्धलाई पोखरेलले भोट मागे ।

‘यसपालि मात्रै हो र रु सधैं सूर्यलाई नै त हाल्ने हो नि’, उनले जवाफ फर्काए । नजिकै रहेका एक युवाले चाहिँ जिस्क्याए, ‘१० वर्ष त भोटै खेर गएछ नि, खोइ टोलमा के प्रगति भयो रु’

चुनावी टोली अघि बढेपछि अनलाइनखबरसँग कुरा गर्दै मतदाता धर्मलाल विश्वकर्माले लामो समयदेखि सूर्यमा नै मत दिँदै आएकाले पोखरेललाई नै दिने बताए ।

भत्ता बढाउने आश्वासन

पोखरेल अर्को घरतिर छिर्न मात्र के लागेका थिए । कार्यकर्ताले रोकिहाले । ‘दाइ, याँ चार÷पाँच भोट छ’, सुन्नेवित्तिकै पोखरेल फरक्क फर्किए ।

‘ल हजुर, भत्ता दिने माननीय आउनु भएको छ है’, कार्यकर्ताले पोखरेलको परिचय गराए । उनले पनि थपिहाले, ‘भत्ता दिने पार्टी यही हो है । मनमोहनको पार्टी ।’

अगाडि बसेका वृद्धहरु फिस्स हाँसे । पोखरेलले ‘सूर्य है’ भनेपछि मुन्टो हल्लाए । फर्किने बेला फेरि आश्वासन दिए, ‘सूर्यलाई भोट हाल्नुस् है, भत्ता बढ्छ ।’

पोखरेल अघिल्तिर रहेको घरको गेटतिर पनि छिरे । एकजना महिला अलमलिँदै निस्किइन् ।

‘ल है सूर्यमा मतदान है,’ पोखरेल बोले ।

उनले सुकुम्वासीलाई धनीपूर्जा दिने कानून लेख्ने व्यक्ति आफू नै भएको बताउँदै भोट मागे । कानून, न्याय तथा मानवअधिकार समितिमा पोखरेल सभापति हुँदा भूमिसम्बन्धी ऐन आएको थियो । ‘एमाले हजुरहरुको प्यारो पार्टी हो’, उनले भने, ‘त्यही भएर लालपूर्जा पाउनु भएको हो ।’

पोखरेल निस्किएपछि चाहिँ पार्वती नेपालले विगतमा हसियाँ हथौडामा भोट हालेको बताइन् । ‘यसपालि चाहिँ कसलाई दिने थाहा छैन’, उनले भनिन्, ‘गठबन्धन छ, कांग्रेसलाई नै दिनुपर्छ भन्छन् ।’

चुनावी टोली अघि बढ्दै थियो । ‘नेताज्यूको भाषण सुन्नुपर्यो, आउनुस् है रामजी,’ भीडमा कार्यकर्ता फुस्फुसाए । थप दुईजना पनि भिडमा मिसिए ।

सभामा पुग्नै लाग्दा पोखरेलले ७७ वर्षीय फूलमाया तामाङलाई नमस्कार गर्दै भोट मागे । उनीले आर्शिवाद दिइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिलेसम्म सबै चुनावमा एमालेलाई नै भोट दिएको बताइन् ।

सभामा बोल्दै पोखरेलले विपक्षीलाई आफूलाई १० वर्ष सांसद भएर पनि के गरे भन्ने आरोप लगाएको बताए । ‘गठबन्धनको चाहिँ नयाँ मान्छे हो रु १० वर्ष समानुपातिक सांसद भएर चाहिँ के–के भएको छ रु एकपटक सोध्नुस्’, पोखरेलले भने, ‘राज्यमन्त्री भएर पनि के गरे सोध्नुुस् ।’

उनले खानेपानी, गुम्बा, मदनकृष्ण हरिवंशको स्कुललाई सांसद विकास कोषबाट सहयोग गर्नेदेखि लिएर सांसदले गर्नसक्ने सबै काम गरेको बताए ।  -अनलाइखबरबाट

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.