Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवन क्षेत्र नं. ३ (क) मा एमालेका कृष्ण भूर्तेल बलियो बन्दै

चितवन,कात्तिक २३-

नेकपा एमालेका तर्फबाट चितवन क्षेत्र नं. ३ (क) का एमाले उम्मेदवार कृष्ण भूर्तेलको पक्षमा चुनावी माहोल बन्न थालेको छ ।

सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा उठेर प्रदेश सांसद बनेका भूर्तेलले गरेको विकास र सत्ता गठवन्धन भित्रकै अन्तर्घातको फाइदा उठाउँदै निर्वाचन जित्ने अभियानमा छन् । उनका प्रतिस्पर्धी सत्ता गठवन्धनका उम्मेदवार सूर्यकान्त घिमिरे भन्दा भूर्तेलको माहोल निकै माथि उठेको छ । कतिपय गठवन्धनकै कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता पनि भूर्तेलको पक्षमा खुलेर लागेका छन् । चितवन क्षेत्र नं. ३ मा एमालेको सहयोगमा कांग्रेसका नेता दिनेश कोइराला संघिय सांसदको उम्मेदवार छन् । कोइरालाको पक्षमा बन्दै गएको माहोलले भूर्तेललाई समेत फाइदा हुने देखिएको छ । कांग्रेस भित्र अन्यायमा परेर सधैं माओवादीलाई बोकेको भनेर विद्रोह गरेका दिनेश कोइरालाका पक्षमा कांग्रेसहरुसमेत लाग्न थालेका छन् ।

कांग्रेसकै उम्मेदवार हुनपर्छ भनेर हामीले हिजो आवाज उठाएका थियौं, आज दिनेश कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार छन् अब किन माओवादीलाई मत दिने ? एक कांग्रेसका क्रियाशील सदस्यले भने, दिनेशलाई कांग्रेस एमाले सबैले मत दिने हो।
अघिल्लो चुनावमा सो क्षेत्रबाट दिनेश र कृष्ण भूर्तेलका विचमा नै चुनावी प्रतिस्पर्धा भएको थियो, तर यसपटक दिनेश र भूर्तेल एक अर्कोलाई मत मागिरहेका छन् ।
यो प्रदेश क्षेत्रबाट उम्मेदवार रहेका एमालेका नेता कृष्ण भूर्तेल मेघौलीका स्थानीय वासिन्दा हुन् । सादगी र त्यागी जीवन विताएका भूर्तेल २०५४ सालमा साविक मेघौली गाविसका अध्यक्ष बनेका थिए ।

जिल्ला विकास समिति चितवनमा एमालेको तर्फबाट पार्टी प्रतिनिधी भएर लामो समय काम गरेका उनले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष बनेर समेत पीडित जनताको पक्षमा काम गर्दै आएका थिए । उनी जनताको समस्याको समाधान गर्न आफैं भिड्ने गर्छन् । माओवादी कै कतिपय नेताहरुले समेत भूर्तेललाई मन पराउँछन् । एमाले उम्मेदवार भूर्तेल भन्छन्, ‘मैले विकासको काममा, जनतालाई परेका दुःख र समस्यामा कहिल्यै पनि पार्टी हेरेको छैन, मेरा लागि सबै जनता सामान हुनुुहुन्छ, म प्रदेशको सांसद हुँदा पनि कुनै विभेद गरिन, सबैतिर बजेट मिलाएर सकेको पठाएको छु ।’

उनले वितेको ५ बर्षमा आफूले गरेको काम र जनताको सुखदुःखमा साथ दिएकै कारण जनताले मत दिने विश्वास पलाएको र उच्च मनोवलसहित घरदैलोमा ब्यस्त रहेको बताए । बागमती प्रदेश सांसद कृष्णप्रसाद भूर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) मा निर्वाचित भएपछि उनको पहलमा सो क्षेत्रमा अरवौंका बिकास निर्माणका काम भएका छन् ।

यता, विद्यार्थी राजनीति गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रार बनेका सूर्यकान्त घिमिरे प्राविधिक मान्छे हुन् ।

यो क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नः ६, ८, ९, १५,१६,१७,१८,१९, २०,२६, २७ र २८ नम्वर गरि १२ वटा वडा पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत एमालेको भन्दा गठवन्धनको धेरै भए पनि भूर्तेलले त्यसलाई बदल्ने गरी अभियान चलाएको बताए ।

प्रदेश क्षेत्र (क) मा ७८ हजार २ सय ८६ मतदाता छन् । यसअघि ६८ हजार मतदाता थिए । यहाँ २९ वटा मतदानस्थल र ८६ वटा मतदान केन्द्र तोकिएको छ ।

हेर्नुस् एमाले उम्मेदवार भूर्तेलले गरेका मुख्य मुख्य कामहरुः

१. राइनो पार्कका लागि १ करोड ८१ लाख ७७ हजार
२. मेघौली कम्फेलक्सका लागि ३० लाख
३. भरतपु २८ को एकीकृत नमूना कुमाल बस्तीको कृषि पर्यटन कार्यक्रमका लागि १ करोड ५ लाख ।
४. भरतपुर–१६ मा गरिमा हरियाली पार्क निर्माणका लागि २० लाख, भरतपुर–२६ सिसहीमा थारु सङ्ग्रहालय भवनका लागि २५ लाख, भरतपुर–२७ सिमसार ताल व्यवस्थापन मचान निर्माणका लागि २५ लाख
५. भरतपुर–१७, श्यामलाल डाँडाबाट वार्ड कार्यालय जाने बाटोमा कालोपत्रेका लागि ४० लाख
६. भरतपुर–१५ विष्णुचोकबाट फूलबारी चौतारासम्म सडक कालोपत्रेका लागि ३० लाख
७. भरतपुर–९ विकासटोल र दीपज्योति मार्ग निर्माणका लागि ४० लाख
८. भरतपुर–१५ ज्ञानेश्वर मन्दिर परिसरमा पर्खाल निर्माणका लागि २५ लाख,
९. भरतपुर–१६ सामूहिक खेती विस्तारका लागि २० लाख,
१०. भरतपुर–१९ बखान सहकारी तेल मिल स्तरोन्नतीका लागि २० लाख,
११. भरतपुर–१५ डगपुर शेराब लिङ्ग गुम्बा भौतिक निर्माणका लागि १५ लाख
१२. भरतपुर–१५ घुमाउने चोक–एलौली चोकबाट सूर्यनगर स्कुल हुँदै सूर्यरत्न चोकसम्म सडक कालोपत्रेका लागि १ करोड ९९ लाख ८१ हजार,
१३. भरतपुर–२० वार्ड कार्यालयबाट भीमचन्द्र स्कुल हँुदै गोर्खा मधुपुरी स्कुलसम्मको बाटो कालोपत्रेका लागि ३ करोड,
१४. भरतपुर–२० आनन्दचोक, शिवालय मन्दिरको सडक कालोपत्रेका लागि ३८ लाख
१५. भरतपुर–१९ को मिलडाँडा–रामपुर गौतमबुद्ध रङ्गशाला हुँदै शिवघाट जाने सडक कालोपत्रेका लागि ५० लाख
१६. भरतपुर–२० फलेनी गाउँको सडक कालोपत्रेका लागि ५० लाख,
१७. भरतपुर–१८ वसन्तचोकबाट बाबुरामचोक सम्म सडक कालोपत्रेका लागि ४० लाख,
१८.भरतपुर–२६, २७ र २८ सिस्वार, सिसही, बालुवा, मगनी, नमुनाचोक, पिपरा, दद्रहनी हुँदै जीतपुर जाने सडक कालोपत्रेका लागि ८ करोड
१९. भरतपुर–८ र ९ को हाकिमचोक–धरेचोक–मखनचोक हुँदै पाण्डे घुम्ती जाने बाटो कालोपत्रेका लागि १ करोड,
२०. भरतपुर–६ र १३ को सिमाना जल्कुने चोकदेखि महाजन चोकसम्म सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–१९ गञ्जसिंह चोकबाट रानीपोखरीसम्म सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२० लालसम चोकबाट फलेनी गाउँ जाने अधुरो सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–६ आँधीखोला चोकबाट उत्तर जंगल सिमानासम्म सडक कालोपत्रेका लागि ५० लाख विनियोजन भएको छ । भरतपुर–२० दद्रहनी रातापुर सडक कालोपत्रेका लागि ५० लाख
भरतपुर–१८, चनौली बजार–वसन्तचोकबाट उत्तरतर्फको सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१८ चनौली बजार, डेरी चोकबाट गुञ्जनगर सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ टिकौली धाराचोकदेखि भंगेरीथानतर्फको सडक कालोपत्रेका लागि ४० लाख, भरतपुर–२६÷२७ सिमानाको तीनकुलेमा हेडवर्क निर्माण गर्न एक करोड २० लाख, भरतपुर–२० शंकरचोकदेखि भीमनगर–शारदानगर हेल्थ पोस्टसम्मको सडक कालोपत्रेका लागि २१ लाख, भरतपुर–२५ सिम्रहानी–शुक्रनगर सतह सिंचाइ कुलो योजनाका लागि १५ लाख, रसखुवानी–लेवरनगर सतह सिंचाइ योजनाका लागि १० लाख, भरतपुर–२७ एकीकृत भैँसी प्रवद्र्धन कार्यक्रमका लागि १५ लाख, भरतपुर–२० दद्रहानी गौचरण सिंचाइ कुलो निर्माणका लागि २० लाख विनियोजन भएको छ ।

भरतपुर–१८, भुवनबस्ती विद्यालय भवन निर्माणका लागि १५ लाख, भरतपुर–२६ कालिका मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–१७ मनकामना मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–२८ साझा नमुना दुग्धको अधुरो भवन निर्माणका लागि १० लाख, भरतपुर–२० सकम्बरी कृषि संकलन केन्द्रका लागि २० लाख, भरतपुर–९ विकासटोल र दीपज्योति मार्गका लागि २५ लाख विनियोजन भएको प्रदेश सांसद् भूर्तेलले जानकारी दिए ।

भरतपुर–२७ मा ५० प्रतिशत लागत कागती विस्तार कार्यक्रमका लागि १५ लाख, भरतपुर–२८ स्यालो ट्युवेल निर्माणका लागि पाँच लाख, भरतपुर–२८ अन्द्रौली बोरिङ निर्माणका लागि २५ लाख, भरतपुर–१६ वैकुण्ठचोक बाट भानुभक्त हुँदै काभ्रेघाटसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२७ गणेश मन्दिरचोकदेखि तीनकुले सडक कालोपत्रेका लागि २५ लाख विनियोजन भएको छ ।यस्तै, भरतपुर–२० धर्मोदय चोकबाट सूर्यनगर जाने सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१८ फुच्चे चोकबाट ख्यांला चोकसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१९ प्रजापति चोकबाट नयाँबजर जाने बाटोका लागि २५ लाख, भरतपुर–६ पुल्लर चोकबाट अमरबस्ती जाने सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ ठूलोगढीदेखि सुन्दर चोक जाने बाटोका लागि २० लाख विनियोजन गरिएको छ । यो गत आर्थिक बर्षका मात्रै बजेट हो । त्यसअघिका आर्थिक बर्षमा पनि करोडौंका कार्यक्रम उनको क्षेत्रमा चलेका छन् ।

प्रदेश संसदबाट आउने रकमको एकमुष्ठ रुपमा उनले एक करोड ५० लाख रुपैया शिक्षामा छुट्टाएका छन् । निकुञ्ज र जनताको द्वन्द्व व्यवस्थापनको लागि भरतपुर महानगरको वडा नं. २७ र २८ मा मेस जाली निर्माण ५० लाख, वडा नं. ९ को वसन्तचोकमा ढल निर्माणको लागि ५० लाख, देवनगर खानेपानीको लागि ३ करोड, वडा नं. १६ मा कालोपत्रेका लागि २ करोड दिए ।

यसै गरी वडा नं. १७ को हरैया बेलुवा सडकको लागि एक करोड ५० लाख, वडा नं. २० को चनौली दद्रेनी सडकको पुल निर्माणको लागि डिपिआरसहित ६५ लाख, हाकिमचोकबाट पाण्डे धुम्तीको बाटोलाई प्रदेश सरकारको तर्फबाट रू १ करोड बिनियोजन गर्न प्रदेश सांसद भूर्तेल सफल भए ।

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.