Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

घरदैलोमा आएका उम्मेदवारलाई मध्यवर्तीका मतदाताको प्रश्न : वन्यजन्तुको त्रास कहिलेसम्म ?

चितवन, कात्तिक २३-
आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ ।

उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

मङ्गलबार भोट माग्दै भरतपुरका विभिन्न क्षेत्र पुगेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी समक्ष नागरिकले स्थानीय समस्याबारे गुनासो गरे । गोब्रेनीका स्थानीय सीतामान तामाङले भने, “बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा. सावले पहल गरिदिनुहोला ।” उनले नारायणी तटबन्धलाई कार्यान्वयन गरेर बाढीको समस्या समाधान गरिदिनसमेत आग्रह गरे ।

स्थानीय ज्योति रानाले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गरे। “गुनासो तपाईहरुलाई नै गर्ने हो”, उनले भने, “जनतालाई अलि ध्यान दिन प¥यो ।” अर्का स्थानीय प्रकाश खड्काले हरेक निर्वाचनमा आश्वासन पाएको तर काम नभएको गुनसो गरे । “यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन”, उनले भने ।

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका डा अधिकारीले जनताको आवश्यकताअनुसारकै काम गर्ने बताए । उनले चितवनमा निकुञ्ज र सामुदायिक वन क्षेत्रबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि निर्वाचित भएपछि काम गर्ने बताए ।

चितवनको माडी नगरपालिकामा घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवारी दिनुभएका दिनेश कोइरालालाई पनि स्थानीयले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरे । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताए ।

माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले कोइरालालाई गुनासो गरे ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ । निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाउँ भन्ने छ ।

चितवनको माडी वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो सेरुवाकी किसान गीता महतोले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेलाई घरदैलोका क्रममा गरे ।

उनले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताए । उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरे ।

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू माडीको दीर्घकालीन विकासको पक्षमा रहेको भन्दै रिउ करिडोर निर्माण गरेर वन्यजन्तुको समस्या समाधान गर्ने योजनामा रहेको बताए । यसरी घरदैलोका क्रममा मत माग्न आउने सबै उम्मेदवारलाई यस क्षेत्रका बासिन्दाले वन्यजन्तुको त्रास कहिलेसम्म भोग्नुपर्ने हो भनेर प्रश्न गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि उम्मेदवारले निर्वाचित भएपछि पहिलो प्रथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले सबै मध्यवर्ती क्षेत्रमा पक्की वालसहितको तारबार लगाउन सके धनजनको क्षति कम हुने बताए ।

उनले निकुञ्जले प्रदान गर्ने क्षतिपूर्ति पनि कम र झन्झटिलो रहेको भन्दै मध्यवर्तीका नागरिकलाई जीविकोपार्जन र आयआर्जनमा जोड्नुपर्ने बताए । चुनाव आउन अब केही दिन बाँकी हुँदा राजनीतिक दलहरुले चुनाव प्रचारप्रसार र घरदैलोलाई तीव्र बनाएका छन् ।

गाउँ केन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारले जनताका गुनासा सुन्ने तथा आफ्ना प्रतिबद्धता सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताको विगतलाई अब नदोहो¥याउन आग्रह गरिरहेका भेटिन्छन् । -रासस

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.