Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवन २ (ख) मा जोशिला जोशी

चितवन, कात्तिक १९-
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा उम्मेदवार उत्तम जोशी चुनावी मैदानमा छन् ।

कांग्रेस चितवनका निवर्तमान सचिव जोशीलाई बाम लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको हो । जोशी अहिले चुनाव लक्षित घरदैलो अभियानमा व्यस्त छन् । कांग्रेस चितवनका स्पष्ट वक्ताको छाबी बनाएका जोशी जनतामाझ उत्तिकै लोकप्रिय छन् ।

को हुन् उत्तम जोशी ?

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थायी घर भएका जोशीको जन्म २०३५ सालमा तनहुँको साविक चिसापानी गाविसमा भएको हो । सानैदेखि राजनीतिमा लागेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् । राजनीतिमा निकै सक्रिय युवा नेता जोशी जुझारु र इमान्दारी नेताको रुपमा नेता चिनिन्छन् ।

मावलीघर र आफ्नो घरको राजनीतिक पृष्ठभूमिबाट हुर्केका जोशी पछिल्लो पुस्ताका लागि प्रेरणाका श्रोत पनि हुन् । त्यसो त उनका दाई अमृत जोशी नेविसंघ राजनीति गर्दै मकाउको संस्थापक जनसम्पर्क समितिको अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४६ को आन्दोलनमा सहभागी हुँदै राजनीतिको प्रारम्भिक यात्रा तय गरेका उनी २०४९ सालमा तनहुंँकै स्थानीय स्कुल कमिटीमा अध्यक्ष भए । तनहुंँको राजनीतिबाट यात्रा शुरु गरेका उनी नेवि संघको जिल्ला सदस्य र सचिव भएर जिम्मेवारी पूरा गरिसकेका छन् ।

त्यसपछि भने झन् जोशीको जोश थपिंदै गयो । उनको राजनीतिक गति चितवन आएर तीब्र र फराकिलो बन्यो । पढाईको सिलसिलामा २०५१ सालमा चितवन आए लगत्तै उनी नेविसंघ बालकुमारीको इकाई सदस्य भए । त्यसपछि उनी सोही कलेजको नेवि संघ इकाई सचिव र सभापति भएर जिम्मेवारी पूरा गरे । समयसँगै थप क्रियाशील र उर्जावान हुँदै गए उनी । उनले आफ्नो राजनीति यात्रालाई एकछिन पछि पनि थकाई मार्न दिएनन् ।

त्यसपछि उनी नेवि संघको सभापति र नेवि संघको केन्द्रीय सदस्य बन्न सफल भए । त्यतिमा मात्र उनले आफ्ना पाईला रोकेनन्, थकाई मारेनन् । उनको चर्चा थप चुलिँदै गयो । उनी हरेक चितवनबासीको मनमुटुमा बस्न थाले ।

कांग्रेसको ११ औं महाधिवेशनबाट उनी भरतपुर महानगरपालिका वडा नम्बर १० को सचिवमा निर्वाचित भए । १२ औं महाधिवेशनमा वडा नम्बर १० कै सभापति बन्न सफल भए । १३ औं महाधिवेशनमा जिल्लाको सचिवको रुपमा अत्याधिक मतले निर्वाचित भए ।

सामाजिक शास्त्रमा स्नाकोत्तरको अध्ययनलाई निरन्तरता दिँदै आएका उनी बेथितिविरुद्ध जहिल्यै पनि कडा रुपमा प्रस्तुत हुने गरेका छन् । अहिले संघ, प्रदेश र स्थानीय तहबीच रहेको कानुनी अस्पष्टता र व्यवहारिक जटिलतालाई निराकरण गर्ने, दुरुपायोग हुँदै आएको सांसद कोष खारेज र राजनीतिक विशिष्टताका नाममा हुने विशेषाधिकार अन्त्यको एजेन्डा लिएर उनी चितवन २ (ख) बाट प्रदेश सभा सदस्यको चुनावी अभियानमा होमिएका छन् ।

उनी आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको बताउँछन्। आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई उनको आग्रह छ । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । ‘मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिन’, जोशी भन्छन् ।

तीन दशकभन्दा बढी निरन्तर कुशलतापूर्वक बिभिन्न भूमिका र जिम्मेवारी बहन गर्दै आएका उनी पटक पटक विद्यार्थी राजनीतमा धरकपड, गिरफ्तार हिरासतमा परेका थिए । राजनीतिक आन्दोलनको क्रममा २०६२÷६३ मा घाइते समेत भए उनी ।

उनी राजनीतिमा मात्र सक्रिय छैनन्, सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुंँदै आएका छन् । सन् २००६ को भरतपुर शाखा जेसिजको अध्यक्ष, २०११ मा जेसिसको राष्ट्रिय उपाध्यक्ष निर्वाचित भए । परिवार नियोजन संघ चितवन, क्षयरोग निवारण संस्था र क्यान्सर समाज, चितवनको उनी आजीवन सदस्य हुन् ।

विभिन्न क्लब, शैक्षिक संस्थाकाको रुपमा आवद्ध भई काम गरिसकेका उनले समाजसेवीको छवी पनि उत्तिकै राम्रो बनाएका छन् । राजनीनिलाई पेशा होइन सेवाको रुपमा लिनु पर्ने उनको बुझाइ छ ।

यस्ता छन् जोशीको प्रतिवद्धता

चितवन २ ख मा गठबन्धनका साझा उम्मेदवार जोशीले डुबानको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनका साझा उम्मेदवार जोशीले भरतपुर महानगरपालिका ११ सँगै प्रदेश २ ख भित्रका वडाहरुमा रहेको डुबान समस्या निराकरण गर्न ड्रेनको व्यवस्था गर्ने बताएका हुन् ।

उनले युवा स्वरोजगार लक्षित कार्यक्रमहरु पनि आफ्नो प्राथमिकतामा रहने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उनको योजना छ । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकास, निस्सा पाइसकेका भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका समुदायलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने बिषयलाई उनले जोड दिएका छन् ।

खाने पानीको समस्या समाधान, विद्यालय तथा स्वास्थ्यसंस्थाको स्तरोन्नती, पुल कल्भर्ट तथा साघुँरो सडक विस्तार, कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, गणेशथानदेखि वडा नम्बर १२ सम्म रिङरोड, ठाउँ(ठाँउमा सार्वजनिक शौचालय, महिला हिंसा अन्त्य तथा सिपमूलक तालिम, बाल(बालिका, युवा र वृद्ध(वृद्धाका लागि पार्क, खेल मैदान र पुस्तकालय निर्माण, पिछडिएका वर्गको आर्थिक तथा सामाजिक उन्नतिका लागि पहल र फोहोर व्यवस्थापन पनि उनको प्राथमिकतामा छ ।

उनले भरतपुर विमानस्थलबाट स्थानीयलाई उत्पन्न समस्या समाधान, जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास, आवश्यकता र सम्भाव्यता अध्ययन गरी भाटभटेनीदेखि हाकिमचोकसम्म र आँपटारीदेखि जिल्ला प्रशासन कार्यालयसम्म आकाशे पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई थप सुधार र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनको प्रतिवद्धता छ ।

नीति नियमतर्फ संघ, प्रदेश र स्थानीय तहका बीचमा रहेका कानुनी अस्पष्टता र व्यवहारिक जटिलता निराकरण, दुरुपयोग भइरहेको सांसद बिकास कोष खारेज तथा राजनीतिक विशिष्ठताका नाममा हुने विशेषाधिकार अन्त्यका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.