• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ १२, २०८२
☰
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • ३. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ४. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ६. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ७. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ८. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    खानेपानीको सङ्कट बढ्दैः स्थानीयवासी चिन्तित

    महोत्तरी, २४ चैत-
    मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।

    चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

    नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।

    “देशमा ठूलावडालाई चुनावी रन्को छ, हामीलाई पानी खान नपाइने हो की भन्ने चिन्ता छ”, भङ्गाहा नगरपालिका–४ टोका बस्तीका राजकुमार दासले भन्नुभयो, “इनारको पानी रसातलमा पुगिसक्यो, राम्ररी डोल (बाल्टिन डुब्न खोज्दैन, चापाकलले त मध्य चैतअघि नै जवाफ दिईसके ।” चैत नबित्दै पानीको यो हाहाकारले वैशाख÷जेठ कसरी टर्ने हो, सम्झेरै अत्यास लाग्ने उहाँले बताउनुभयो । भङ्गाहा नगरक्षेत्रका ४ र ५ नं वडा बस्तीमा वर्षेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । “हामीले थाहा पाउँदै १५ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मुल भेटिन्थ्यो, अब त ती पुराना इनार सबै सुके”, भङ्गाहा–४ कै ६० वर्षीय हरिदेव साहले प्रश्न तेस्र्याउँदै भन्नुभयो, “किन होला पानीका मुहान गहिरिएका ?”

    चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैन्थें, पछिल्ला केही वर्षयता नदी, पाखा र बगरपर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिबास–१० खयरमाराका सामाजिक, राजनीतिक कार्यकर्ता प्रेमध्वज लामाले पानीका मुहान सुक्दै जानुको कारणबारे भन्नुभयो, “वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।”

    बर्दिवास–१, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले बताउनुभयो । “हाम्रो यताका धारामा पानी कहिल्यै सुक्दैनथ्यो”, केही वर्ष पहिलेको अनुभव प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “पछिल्ला तीन÷चार वर्षदेखि गर्मीयाममा पानी झर्न कम भएको छ ।” त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।

    यस बाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा होमबहादुर श्रेष्ठले बताउनुभयो । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ ।

    यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । “पहिले÷पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भन्नुभयो, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त चैतमै इनार सुक्न थालेका छन् ।”

    बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । “बाल्टिनभरि पानी आउँदैन, बाल्टिनमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५÷१६ वटा डोल ठोक्किँदा अलिकति पानीमाथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भन्नुभयो, “चैतमै यो हालत छ, जेठसम्म के होला ?”

    पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सँम्झदै बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयताभने इनार चैतमै सुक्न थालेका बताउनुभयो । आफ्ना वरिपरिका इनारहरु धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नु परेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल (इनार बनाउँदा लगाइने सिमेण्ट, छड लगाएर बनाइएको रिङ्ग) मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहाले बताउनुभयो ।

    बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई न्वाइध्वाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका सो बस्तीका भरत यादबले बताउनुभयो । इनारहरु धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

    यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा वालुवा ढुङ्गा उत्खनन् गर्नेहरुले ठूलठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाही गयौं”, महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादवले भन्नुभयो, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

    स्थानीय तहको निर्वाचन सम्पन्न भएर २०७४ यता जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिएपनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमध्यमै सुक्दै गएका विज्ञ बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र , नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे विज्ञ डा. विजयकुमार सिंहले बताउनुभयो ।

    विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न रहनु भएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गर्नुभयो । यसपालि हुन लागेको स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा यो बन्नुपर्नेमा उहाँको जोड छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट वालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा खोपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइलाई स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।

    यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । “हामी प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोेग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएका छौं”, बर्दिबास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले भन्नुभयो, “विकास र पूर्वाधार निर्माणका योजनामा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।”

    स्थानीय तहले खानेपानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञहरु बताउँछन् । (रासस)

      Chitwan Aaja चितवन आज
      बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चीनको सिचुवान एयरलाइन्सले अब पोखराबाट अष्ट्रेलिया उडान गर्ने
      काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध
      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      ताजा समाचार

      सबै

      चीनको सिचुवान एयरलाइन्सले अब पोखराबाट अष्ट्रेलिया उडान गर्ने

      काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

      चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • ३.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ४.
        रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      • ५.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ६.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.