चितवन, कात्तिक ८ –
सौराहाको एक ग्यारेजमा आगलागी हुँदा ३० भन्दा बढी मोटरसाइकल जलेर नष्ट भएका छन् ।
सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज बिहान ३ः५० बजे आगलागी हुँदा ठूलो क्षति भएको हो ।
आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढी पूराना मोटरसाइकल जलेर क्षति भएको जनाइएको छ । क्षतिको विवरण संकलन भइरहेकाले एकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएपछि खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको थियो ।






