Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ १८, २०८२
☰
Logo आइतबार, माघ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

सङ्कटमा मादल व्यवसाय : चिन्तामा चितवनका मादल व्यावसायी

चितवन, कार्तिक ५ –
भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।

एक÷दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन् । तिहारको समयमा पनि मादलको बिक्री नभएपछि उनी वैकल्पिक पेसा अपनाउनुपर्ने हो कि भन्ने सोचमा रहेका छन् ।

उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो । त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गर्थे । “यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ/दशवटा मादल बिक्री हुने गथ्र्यो”, उनले भने, “यस वर्ष दिनमा एक÷दुईवटा पनि बिक्री हुन धौधौ छ ।” उनले उत्पादन गरेका मादल काठमाडौँ, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालका समेत विभिन्न सहरमा पुग्ने गर्दछ ।

“मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो । अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले”, उनले भने । रु एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले उत्पादन गर्ने गरेका छन् । “पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो” कुलुले भने, “अहिले विभिन्न माध्यम आए ।” मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उनको भनाइ छ ।

उनले भने, “अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन । अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ ।” उनले विद्यालय देखिनै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राखे । पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उनले बताए । “स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ”, उनले भने । व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताए ।

मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उनले बताए। अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिए । उनको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन् । मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन् ।

सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताए । एक हप्तामा जम्मा १२ वटा मादल मात्रै बेचेको भन्दै उनले यस्तै अवस्था रहे पेसा नै छोड्नुपर्ने अवस्था आउने दुखेसो पोखे । “यही अवस्था रहिरे आफ्नो लगानी र घरभाडासमेत तिर्न मुस्किल हुन्छ”, उनले भने, “व्यवसायमा यस्तो सङ्कट आजसम्म आएको थिएन ।”

मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजाँदा नेपाली परम्परा, संस्कार, संस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उनको भनाइ छ । उनले भने, “तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर गीत बजाउँछन् । आधुनिकतासँगै रोधी बस्न छाडे । यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन् ।”

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका थिए । उनको यो पुस्तौली पेसा हो । उनले यहाँ बनाएका मादल पोखरासम्म पुर्याउँछन् । गत वर्षसम्म एक हजारमा मादल बेच्दै आएका उनले अहिले महँगीका कारण रु दुई हजार पाँचदेखि पाँच हजारसम्ममा बिक्री गर्दै आइरहेको बताए ।

नारायणगढको घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताइन् । “कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो”, उनले भनिन् । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको बसेलको भनाइ छ ।

मादल बनाएर मात्र राष्ट्रिय बाजा मादलको संरक्षण नहुनेमा उनको जोड थियो । “जबसम्म मादल बजाउने र खरिद गर्नेको सङ्ख्या बढ्दैन बाजा लोप हुँदै जाने र व्यवसायी विस्थापित हुँदै जानेछन्”, उनले भनिन् । नेपाली मौलिक बाजालाई पनि अनिवार्य स्थान दिनुपर्ने निर्णय सरकारबाट हुनुपर्ने उनको माग छ ।

पोखरा बसपार्क रोडस्थित गणेश चोकमा उनको मादल पसल छ । दश वर्षदेखि उनले आफ्नो श्रीमान् विष्णुकुमार बसेलको साथमा मादल व्यवसाय गर्दै आएका छन् । विष्णु कुमारका अनुसार विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूहलगायत व्यक्तिगत प्रयोजनको लागि मादल खरिद गर्ने गरेका छन् ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले तिहारलगायत पर्वमा समेत मादल घन्कन छाडेको बताए । उनले सजिलोका कारण पछिल्लो युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेको भन्दै पछिल्लो पुस्तामा गाउने र बजाउने कला पनि कम भएको बताए । “राज्यले संरक्षणका काम गर्न नसके नेपालको सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुग्नसक्नछ”, उनले भने ।

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार
जनवरीमा ९२ हजार पर्यटक नेपाल भित्रिए

ताजा समाचार

सबै

२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

जनवरीमा ९२ हजार पर्यटक नेपाल भित्रिए

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

धरान देखि काठमाडौँ प्रवेश गरेको हर्क साम्पाङको श्रम दानले गर्‍यो धोबीखोला सरसफाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

साताको पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुनको मूल्य

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.