Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

फोर्ब्सको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण, प्रहरीले पनि लिन्छन् तालिम

चितवन, असोज २८-
इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् ।

कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटीसम्बन्धी पढाइ भने कमै मात्र हुने गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर फोर्ब्स कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन प्रहरीलाई समेत बेलाबेलामा साइबर सेक्युरिटीसम्बन्धी तालिम दिँदै आएको छ । पछिल्लो समय साइबर क्राइमका घटना बढ्दै जाँदा प्रहरीलाई नै टाउको दुखाईको विषय बनेको छ ।

भरतपुर महानगरपालिका(२ क्षेत्रपुरमा २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजको मुख्य उद्देश्य विशुद्ध प्राविधिक शिक्षा प्रदान गर्ने हो । यसले स्नातक तहमा ‘बिएचएम प्रोग्राम’ पनि सञ्चालन गर्दै आएको छ ।

उपत्यका बाहिर फोर्ब्सले मात्र साइबर सेक्युरिटीको कार्यक्रम सञ्चालन गर्दै आएको प्रिन्सिपल हरिशरण पाठकको दाबी छ ।

कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुकासाथै अतिरिक्त कोर्स पनि गराइरहेको उनले बताए । यहाँ तीन सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् ।

‘यही कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ । नेपालको युनिभर्सिटीले नपढाएको शिक्षा हामीले प्रदान गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ।’

सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाइ कस्तो होला भन्नेमा विद्यार्थीमा अन्योलता थियो । पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उनी बताउँछन् ।

‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन्’, उनले भने । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरू, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटी अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् ।

नेपालमा पछिल्लो समय ह्याकिङको घटना पनि बढिरहेको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भनेर जान्न पनि यस क्षेत्रको महत्व बढिरहेको उनी बताउँछन् । ‘काठमाडौँको तुलनामा यहाँ सस्तोमा पनि पढाइ भइरहेको छ । एउटा प्रोग्राम सात लाख ७५ हजार तिरेर विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने ।

कलेजले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रहरीहरूलाई पनि साइबर सेक्युरिटीको तालिम दिने गरेको उनले बताए । सर्वसाधारणमा साइबर क्राइमसम्बन्धी जुनसुकै समस्या भएमा कलेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।

कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर पोल्यान्डस्थित युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्सबाट सम्बन्धन पाएको छ ।

कलेजको ब्याचलर इन होटल म्यानेजमेन्ट ९बिएचएम० कार्यक्रममा पनि विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् । बिएचएमका विद्यार्थीलाई इन्टर्नका लागि होटलमा पठाउने, आन्तरिक प्रतिस्पर्धा गराउने र प्रस्तुति दिन लगाउने गरिएको उनले बताए ।

पढ्दै गर्दा पनि फिल्डमा गएर काम गरेको जस्तो अनुभव विद्यार्थीमा जागृत गराउन खोजिएको उनको भनाइ छ ।

‘बिएचमा पढेका विद्यार्थीहरु विशेषत होटलमा बढी केन्द्रित हुन्छन्, सर्भिस सिस्टम हुने ठाउँ होटलदेखि एयरलायन्ससम्म, टुर एन्ड टुरिजमदेखि गेस्ट वेलकम गर्ने जुनसुकै क्षेत्रमा विद्यार्थी जान सक्छन्’, उनले भने ।

उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न भनेर यहाँ आउने गरेका छन् । कलेजमा चितवन र नवलपुरका विद्यार्थी धेरै छन् । यहाँ ३० भन्दा बढी प्राध्यापकहरूले पढाउने गरेको उनले बताए ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.