चितवन, असोज २०
नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका वडा नं.२९ केराबारीमा दिउँसो ३ः२५ बजेको समयमा पहिरो खसेपछि यस सडक खण्ड पुनः अवरुद्ध भएको हो । केराबारीको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । यसअघि विहान ८ः३० बजे सत्रकिलोमा खसेको पहिरो ११ बजे हटाइएपछि यस सडक खण्ड संचालनमा आएको थियो ।अहिले पुनः अवरुद्ध भएपछि दशैंमा टीका लगाउन हिँडेका हजारौं यात्रुहरु बिचल्लीमा परेका छन् ।








