चितवन ,१८ असोज-
दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ ।
कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।