चितवन, असोज १३ –
हाल चितवनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।
हिजो (बुधबार) चितवनको माडीमा आयोजित कार्यक्रम सकेर फर्केपछि उनि विरामी भएका थिए । उनलाई ज्वरो र शरीर दुखाइको समस्या देखिएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको हो ।
फेसबुक मार्फत जानकारी गराउँदै लामिछानेले आफू हाल चितवनमै आराम गरिरहेको बताएका छन् । बिरामी भएका कारण भरतपुर, तनहुँ, लम्जुङ र गोरखाका लागि तय भएका आगामी कार्यक्रममा आफू सहभागी हुन नसक्ने उनले बताएका छन् ।








