धनुषा ,११ असोज –
मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेका हुन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले दुवै विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













