चितवन, भदौ ४–
नारायणगढको क्याम्पाचौरमा फुड एण्ड म्युजिक फेस्टा हुने भएको छ ।
बडा दसैँको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) चितवनले कार्यक्रम गर्न लागेको आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
असोज १६ गते फुलपातीको दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म इभेन्ट सञ्चालन हुने रेवान चितवनका अध्यक्ष अच्युतराज भट्टले बताए । फुड एण्ड म्युजिक फेष्टामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको ‘द एज ब्याण्ड’ को बेजोड प्रस्तुति रहने छ । राष्ट्रिय लोक दोहोरी गायक प्रकाश सपुतको समेत सहभागिता रहने भट्टले बताए । गायक भेक वाइबा, यावेश थापा र लोकल गायकहरुले पनि प्रस्तुति दिने सम्मेलनले जानकारी दिएको छ । यस इभेन्टको प्रवेश शुल्क ५०० रहेको छ ।















