चितवन, असोज ३-
चितवन इसुजु चितवन गोल्डकपको फाइनल आज हुँदैछ ।
आज हुने फाइनलमा उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)एफसी र त्रिभुवन आर्मी फुटबल क्लब आमुने सामुने हुँदैछन् ।
खेल नारायणगढको क्याम्पा चौरमा दिउँसो ३ बजे सुरु हुनेछ । दुई विभागीय टोलीबीचको उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एपिएफ नविन लामा र आर्मी जर्ज प्रिन्स कार्कीको कप्तानीमा मैदान उत्रिदैछ ।
एपिएफले सेमिफाइनलमा मनाङ एफसीलाई १-० ले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । उता आर्मीले फाइनलमा स्थान बनाउन एभिनर एफसी क्यामरुनलाई २-० ले निराश बनाएको थियो ।
भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्ड कप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार