चितवन, असोज २–
नारायणी नदीमा एक पुरुष मृत फेला परेका छन् । आइतबार दिउँसो १ बजे भरतपुर महानगरपालिका १६ गणेश मन्दिर स्थित नारायणी नदीको बिच भागबाट पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले बताएको छ ।
केहीदिन यता नारायणी नदीमा केही पुरुषहरु हाम फालेर बेपत्ता भएका थिए । प्रहरीले हामफालेर बेपत्ता भएका व्यक्तिकै शव हुन नसक्ने आंकलन गरेको छ ।















