चितवन,भदौ ३०-
चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज ६ः५१ मिनेटमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी ३०/३२ बर्षका पुरुषले हाम फालेका हुन् ।
स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ । बागमती प्रदेश ३-०२-००२ प ९१३६ नम्बरको सिल्भर रङको स्कुटर उनले पुलमै छाडेको प्रहरीले जनाएको छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ ।















