Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २२, २०८२
☰
Logo सोमबार, मंसिर २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन् : ओली

बुटवल, १५ चैत –
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले आयोगनै खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि दावी गरे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । एमाले अध्यक्ष ओलीले लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको टिप्पणी पनि गरेका छन् ।

‘अहिले उहाँहरू अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिंड्नु भएको छ, अब प्रधानमन्त्री देउवा फाइल खोज्न दिल्ली जाँदै हुनुहुन्छ,’ उनले भने । अध्यक्ष ओलीले गएको चुनावपछि बनेको सरकारले आफ्नो साढे तीनवर्षे कार्यकालमा मानवीय चेतनाको विकासमा महत्वपूर्ण फड्को मारेको दावी पनि गरे । ‘चेतनामा आएको विकासले भौतिक विकास हुन्छ, हाम्रो नेतृत्वमा सरकार बन्दैनथ्यो भने विकास सम्भव थिएन,’ उनले भने । अघिल्लो सरकारले अन्तरिक्षमा आफ्नो स्पेस र समुन्द्रमा नेपालको अधिकारसमेत स्थापित गर्न सफल भएको बताए ।

उनले मुलुकको कृषि प्रणाली आयातमुखी बन्दै गएको भन्दै यो प्रवृत्ति हटाउन सबै लाग्नु पर्ने बताए । ‘सबै आयातित वस्तुको प्रयोग गर्ने बानी हटाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ, यसका लागि खाद्यान्नमा आत्मनिर्भर बन्न जरुरी छ,’ ओलीले भने ।

उनले सबै नेपालीले भान्सालाई परिवर्तन गर्नुपर्ने सुझाव दिए । ‘कृषिमा आत्मनिर्भर भन्दै भान्सामा विषादी भित्रिन नदिनेतर्फ सबै सचेत हुनुपर्छ,’ उनले भने । उनले कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा तिलोत्तमाले गरेको प्रगतिबाट प्रभावित भएको पनि बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रवक्ता सुरेन्द्र श्रीलगायतले नगरपालिकाले पाँच वर्षमा गरेको प्रगतिबारे जानकारी गराएका थिए ।

१५ चैत ०७४ मा शिलान्यास गरेको उक्त भ्यू टावर चार वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उदघाटन गरिएको हो । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा १३४ फिट उचाइमा रहेको भ्यू टावर १० तलाको रहेको छ ।

तिलोत्तमा नगरपालिकाले यो भ्यु टावर, भ्यु टावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको टावरमा पहिलोदेखि छैठौ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ । साढे ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको भ्यु टावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

कुल २५ हजार एक सय २२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा, पुस्तकालयलगायतका संरचना रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए । भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने छ भने दुरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले चार वर्षमा पूरा गरेको हो । लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै दुई बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू समेत निर्माण भइरहेका छन् । शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्यु टावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भ्यु टावर निर्माणपछि अहिलेको तुलनामा पर्यटकहरूको आकर्षण अझ बढ्ने बताए । पछिल्लो समय वन वाटिकामा धेरै पर्यटकीय पूर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकीय स्थल बनाउने योजना रहेको उनले बताए । सामुदायिक वनको पाँच सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भइरहेका छन् ।

भ्यु टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ । यस्तै बाल खेल मैदान र स्टेडियम निर्माण पनि सुरु भइसकेको छ । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु
अण्डाको मूल्य हालसम्मकै उच्च
काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

ताजा समाचार

सबै

राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

एमाले महाधिवेशन : पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाइँदै

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech