चितवन, भदौ २२-
चितवनको भरतपुरको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् ।
यसअघि मेसु डा.कृष्णप्रसाद पौडेल (मेसु) रहेका थिए । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा। बगालेलाई पठाएका हुन् ।
उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।
बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।








