चितवन , भदौ २०-
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन्। आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेकपा माओवादी केन्द्रले अधिकारीलाई प्रदेश ‘ख’ बाट सिफारिस गरेको हो ।
अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुन् । प्रेस सेन्टर माओवादी निकट पत्रकारको संगठन हो । उनको नाम नेकपा माओवादी केन्द्र चितवन २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले सिफारिस गरेको हो । प्रेस सेन्टर चितवनको संस्थापक अध्यक्ष रहेका अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय छन् ।















