Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

‘कतै तपाईँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?’

काठमाडौं , भदौ २० –

तपाईँको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौं उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाईँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा नै घर वरिपरि सफासुग्धर राख्यौँ भने डेङ्गु रोगबाट बच्न सकिन्छ ।

साँझ-बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट अहिले दैनिक सयौं मानिस डेङ्गुको रोगबाट ग्रसित भएका छन् । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ । चिकित्सकले पानी ट्याङ्की, गाडीको डायर, वातावरण अनुकूल (एसि), गमला जस्तामा पानी जम्ने दिन नहुने र घर नजिकको खाल्डाखुल्डी पनि पुर्न आग्रह गरेका छन् । एसिबाट निस्केको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले घर वरिपरि पानी जम्ने संरचना हटाउनुपर्ने बताए । “अव्यवस्थित सहरीकरणले गर्दा घर वरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उनले भने, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” उनले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगत रुपमा लाग्नुपर्ने बताए । व्यक्तिगत रुपमा आ-आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उनको सुझाव छ । निजामती कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाहे हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले पछिल्ला केही दिन सङ्ख्यात्मक हिसाबले डेङ्गुका बिरामी बढेकाले जनचेतना जगाउनुपर्ने बताए । उनले बिरामी बढेसँगै उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेको जानकारी गराए । “हामीले सबै अस्पताललाई बिरामीको उपचार गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ” उनले भने, “काठमाडौं र ललितपुर महानगरलाई पनि वडादेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ ।

दुवै महानगरले पनि लामखुट्टेबाट बच्नका लागि वडा तहमा जनचेतनामूलक कार्यक्रमको साथै लामखुट्टेको लार्भालाई खोजेर मार्ने अभियान सञ्चालन गरेका छन् । वडा कार्यालयले लामखुट्टेबाट बच्नका लागि माइकिङ, पर्चा पम्पलेट समेत वितरण गरिरहेका छन् । महाशाखाका निर्देशक डा दासले डेङ्गुको परीक्षणका लागि सबै अस्पताललाई कीट उपलब्ध गराएको समेत बताए । उनका अनुसार देशभरिका ६० जिल्लाका १३९ स्थानीय तहमा डेङ्गु रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेले अस्पतालमा आउने सबै डेङ्गुका बिरामी रहेको बताए । “यतिबेला बहिरंग र आकस्मिकमा उत्तिकै भीड रहेका छन्,” उनले भने, “हामीले अस्पताल आएका बिरामीलाई उपचार गरेर पठाउने गरेका छौँ ।” उनका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, पेट दुख्ने बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतम दैनिक १५० देखि १७० बिरामी उपचार गर्न आइरहेका छन् । आकस्मिक सेवामा सबै शैय्या बिरामीले भरिएका छन् । आकस्मिक सेवामा २२ शैय्या रहेका छन् । उनका अनुसार अहिले ३१ जनाको भर्ना गरेर अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा डेङ्गु क्लिनिक

अस्पतालले डेङ्गुको बिरामीको उपचार गर्नका लागि छुट्टै क्लिनिक सञ्चालन गरेको छ । अस्पताल परिसरमा गत हप्ताबाट छुट्टै डेङ्गुका बिरामीको उपचार गर्नका लागि क्लिनिक सञ्चालन गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए । क्लिनिकमा उपचार गर्न आएकामध्ये ८० प्रतिशतमा डेङ्गुका बिरामी देखिएका उनको भनाइ छ । तीमध्ये पाँच प्रतिशत मात्र भर्ना गरेर उपचार गर्न खालका बिरामी रहेको उनले बताए । अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष ९आइसियु० रहेको छ ।

डेङ्गुबाट बच्न उपायहरू के हुन् त ?

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझ-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जाली ढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ ।

वीर अस्पतालका उपनिर्देशक डा प्रज्ज्वल श्रेष्ठले पनि अस्पतालमा डेङ्गु रोगका बिरामी बढिरहेको जानकारी दिए । उनका अनुसार दैनिक दर्जनौँको सङ्ख्यामा डेङ्गुका बिरामी उपचार गर्न अस्पताल आइरहेका छन् । उनले डेंगु रोगबाट बच्नका लागि सबैभन्दा पहिले आफैँ सचेत हुनुपर्ने बताए । अस्पतालमा अहिले पनि २९ जना बिरामीको उपचार भइरहेको उनले बताए । विगत २४ घण्टामा ३६ जनामा डेङ्गु देखिएको उनको भनाइ रहेको छ ।

लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेँगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । यो अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको महानगरका जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाएको हो ।

पाँच दिनमा दुई हजार सङ्ख्या बिरामी

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच दिनमा दुई हजार २०२ जनामा डेङ्गुका बिरामी थपिएका छन् । गत भदौ १४ गते दुई हजार ८२७ जनामा डेङ्गुका बिरामी भेटिएकामा भदौ १९ गते पाँच हजार २९ जनामा भेटिएका छन् ।

सेप्टेम्बर महिनामा मात्र तीन हजार ७०८ जना डेङ्गुका बिरामी फेला परेका छन् । नेपालमा अहिले मुख्य काठमाडौं, ललितपुर, मकवानपुर र रुपन्देही जिल्लामा सबैभन्दा बढी डेँगुका बिरामी पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार सबैभन्दा बढी ललितपुरमा एक हजार ८३२ जना बिरामी रहेका छन् । यस्तै काठमाडौंमा ८८८ जना, मकवानपुरमा ५९८ जना र रुपन्देहीमा ४३९ जना डेङ्गुका बिरामी भेटिएका छन् । गत भदौ १४ गते ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका थिए ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा यही बिहीबारदेखि हिजो ९आइतबार०सम्म मात्र ललितपुरमा १७४ जना, काठमाडौंमा १२४ जना र मकवानपुरमा ४० जना बिरामी भेटिएका छन् । असार १५ गतेदेखि सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका हुन् । असार १५ देखि यतामात्र चार हजार ९५७ बिरामी भेटिएका छन् । यो सङ्ख्या भनेको कुल बिरामीको ९८ प्रतिशत हो । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं। १ मा २२१ जना, मधेश प्रदेशमा ७९ जना, वागमती प्रदेशमा तीन हजार ७२७ जना, गण्डकी प्रदेशमा १०१ जना, लुम्बिनी प्रदेशमा ७७० जना, कर्णाली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ९५ जनामा डेँगुका बिरामी रहेका छन् ।

बढी डेँगुका बिरामी १० जिल्लामा

डेँगुका बिरामी सबैभन्दा बढी १० जिल्लामा रहेका छन् । ती १० जिल्लामा मात्र कुल बिरामीको ८४ प्रतिशत डेङ्गुका बिरामी रहेका छन् । ललितपुरमा एक हजार ८३२, रुपन्देहीमा ४३९ जना, काठमाडौंमा ८८८ जना, मकवानपुर ५९८, धादिङमा १११ जना, भक्तपुरमा ९९ जना, तेह्रथुममा ८८ जना, सिन्धुली ६६ जना, गुल्मीमा ५९ र सङ्खुवासभा ५७ जना बिरामी भेटिएका छन् । यी दश जिल्लामा मात्र चार हजार २३७ बिरामी रहेका छन् । नेपालमा यसअघि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यतिबेला सबैभन्दा बढी सुनसरीमा तीन हजार ४३१ जना, चितवन तीन हजार ४०२ जना, कास्की दुई हजार ८२४ जना, काठमाडौँ एक हजार ५८९ जना, ललितपुरमा ५९६ जना र झापामा ५२५ जनामा देखिएको थियो र छ जना डेङ्गुका कारणले ज्यान गएको थियो ।

नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, सन् २०१० मा ९१७ जना, सन् २०१३ मा ६८६ जना, सन् २०१६ मा एक हजार ५२७ जना, सन् २०१७ मा दुई हजार १११ जना, सन् २०१८ मा ८११ जना र सन् २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए ।
तराई-मधेसमा बढी देखिने डेङ्गु सन् २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा पर्न थालेको हो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् । रासस

Chitwan Aaja चितवन आज
सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

ताजा समाचार

सबै

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.