चितवन, भदौ १९ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनका इन्चार्ज प्रकाश भट्टले चितवन ३ क बाट प्रदेश सांसदको उम्मेद्वार बन्न आवेदन दिएका छन् । उनले आज क्षेत्रीय समन्वयन कमिटीमा आवेदन दिएका हुन् ।
भट्ट अनेरास्ववियु स्थायी कमिटी सदस्य र केन्द्रीय आर्थिक विभाग उपप्रमुख समेत हुन् । भट्ट युवा विद्यार्थी माझ लोकप्रीय छन् । अब युवाहरुलाई चुनावमा टिकट दिएर युवाहरुलाई पनि अवसर दिनुपर्ने भट्टले चितवन आजलाई बताए ।
विद्यार्थी आन्दोलनको हरेक मोर्चामा भट्ट अग्र स्थानमा रहेर सशक्तरुपमा प्रतिवाद गर्न सक्ने युवा नेताका रुपमा परिचित छन् । नेकपा विभाजनको अवस्थामा विद्यार्थीहरुलाई एकतृत गरी ओली पक्षमा ल्याउन भट्टले ठूलो भूमिका खेलेका छन् ।
भरतपुर महानगरपालिका २७ का भट्ट विद्यार्थी जीवनबाटै राजनितीमा होमिएका हुन् । उनी २०६१ सालमा अनेरास्ववियु प्लस टु कमिटी जानकि उच्च माविका उपाध्यक्ष, २०६३ मा वीरेन्द्र वहुमुखी क्याम्पसका सचिव, २०६५ मा तत्कालिन निर्वाचन क्षेत्र नं ५ का क्षेत्रिय सचिव, २०६७ मा क्षेत्रिय अध्यक्ष, २०६९ मा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्रिय ईन्चार्ज, २०७२ मा केन्द्रीय सदस्य एवम् नारायणी अञ्चल समन्वय कमिटी सदस्य र चितवन जिल्ला ईन्चार्ज, निर्वाचन क्षेत्र नं ५ का पार्टी क्षेत्रिय कमिटी सदस्य हुँदै क्षेत्रिय सचिवालय सदस्य, भरतपुर महानगर कमिटी, पार्टी महानगर कमिटी सदस्य र २०७८ मा पार्टी जिल्ला कमिटी सदस्य हुन् ।
भट्ट आम जनताका लागि लोकप्रिय रहेका छन् । भट्ट पश्चिम चितवनका आम जनतामा गरेका स्वास्थ्य समस्या, शिक्षाका समस्याहरुको समाधान र आम विकासका लागि महत्वपूर्ण भुमिका निर्वा गर्दै आइरहेको ३६ वर्षीय युवा हुन् ।
विद्यार्थी कालबाट देश परिवर्तनका लागि युवा अग्रसरतामा होमिएका भट्टलाई प्रदेश ३ क मा टिकट दिनुपर्ने व्यक्तित्व रहेको भन्दै धेरै खुलेरै बताउन थालि सकेका छन् ।















