Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • १०. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

जनचेतनाको अभावमा आँखाको नानी जलेर धेरै नेपालीको ज्योती गुम्दै

चितवन, भदौ १० –
अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । मृत्युपर्यन्त जलेर खेर जाने नानी प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा संसार देखाउने आँखाका नानी क्षणभरमै जलेर खरानी बनिरहेका छन् ।यकिन तथ्याङ्क नभए पनि ग्रामीण क्षेत्रमा धेरैजसो बासिन्दा आँखाको नानीको समस्याका कारण अन्धोपनामै जीउन बाध्य छन् । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आँखाको नानी सङ्कलन सुरु गरेको पाँच वर्ष हुँदा केबल १८ जनाको ३५ वटा नानी मात्रै सङ्कलन भएको छ । यो सङ्ख्या दैनिक देवघाटमा अन्त्येष्टि गर्न ल्याउने शवकोभन्दा निकै थोरै हुन आउँछ ।

कोभिडका कारण धेरै काम हुन नसके पनि पछिल्ला दिनमा सङ्ख्या बढ्दै गएको छ । यद्यपि आँखा दान गरेमा अर्को जुनीमा अन्धो भइन्छ भन्ने अन्धविश्वास र आँखा दान गर्दा सिङ्गो आँखा नै निकाल्नुपर्छ भन्ने भ्रमका कारण धेरैले आँखाको नानी दान गर्न इच्छा व्यक्त गर्दैनन् ।सङ्घका सभापति कृष्णराज धरेलले आँखा दानकै कारण अर्को जुनीमा अन्धो हुने होइन, आफ्नो आँखाको कारण अर्को दुई जीवित व्यक्तिले संसार देख्नाका साथै गर्दा पुण्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा बुबाको स्वर्गारोहणपछि गत महिना मात्रै हामीले बुबाको आँखा दान ग¥यौँ । यसबाट हामीलाई सन्तुष्टि मिलेको छ ।” त्यसो त आँखाको नानी झिक्दै गर्दा माथिल्लो झिल्ली निकालेर प्लाष्टिकको झिल्ली राख्ने गरिन्छ । यसरी निकालिएको नानीका कारण मृतकको आँखाको स्वरुपमा परिवर्तन आउँदैन । सभापति धरेलले भन्नुभयो, “नानी निकालेको र ननिकालेको थाहै हुँदैन ।”

आगोमा जलेर नष्ट हुने नानी निकाल्न सकिएमा अर्का दुई जनाले संसार देख्न पाउने हुँदा उहाँले सबैसँग आँखादानमा सरिक हुन अनुरोध गर्नुभयो । मृतकको परिवारले समयमै सम्पर्क गरेर आँखा दान गरिदिएमा नानीको अभाव पूर्ति हुने सभापति धरेलको भनाइ थियो ।

भरतपुर आँखा अस्पतालमा गएको पाँच वर्षमा आठ सय ४४ ले आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् भने एक सय १४ ले प्रत्यारोपण गरेका छन् । प्रत्यारोपण गर्न चाहने धेरै छन् भने दान गर्ने थोरै छन् । आँखाको कर्नियासम्बन्धी अध्ययन गरेर आउनुभएका कर्निया विशेषज्ञ डा पुष्पा गिरीले आँखा दानसम्बन्धी जनचेतनामा कमी भएको बताउनुभयो । मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी सङ्कलन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “मृत्यु भएपछि जति छिटो नानी सङ्कलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।” आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उहाँले बताउनुभयो ।

डा गिरीले भन्नुभयो, “अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।” नानी निकालेपछि पुनः कृतिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ । आँखाको नानीमा चोट लागेका, सरुवा रोग भएका, क्यान्सर रोग भएका व्यक्तिबाहेक सबैको आँखाको नानी निकालेर प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ थियो।

भर्खर जन्मिएको बच्चादेखि वृद्धसम्मलाई आँखा प्रत्यारोपण गर्न सकिने डा गिरीको भनाइ थियो। आँखाको भित्री नसा र पर्सा राम्रो भएर नानीमा समस्या भएकालाई प्रत्यारोपण गर्न सकिने अस्पतालका डा मारिया गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैलाई प्रत्यारोपणबाटै संसार देखाउनसकिन्छ ।”अस्पतालका अर्का चिकित्सक मनिषा श्रेष्ठले आँखाको नानी प्रत्यारोपण गर्न चाहने बढ्दो भएको बताउनुभयो । समयमै आम नागरिकलाई सन्देश प्रवाह गरेर नानी सङ्कलन गर्न सकेमा धेरैलाई दृष्टि सकिने उहाँको भनाइ थियो । डा.श्रेष्ठले भन्नुभयो, “नानी प्रत्यारोपण गर्न चाहने धेरै छन्, दान गर्नका लागि दाताको अभाव छ ।”

यहाँ सङ्कलन गरिएको नानी काठमाडौँको तिलगङ्गास्थित नेपाल आँखा बैंकमा पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्दछ । प्रत्यारोपणका लागि आवश्यक नानी पनि तिलगङ्गाबाट ल्याउने गरिएको छ ।अस्पतालका आँखा बैंक संयोजक छाया श्रेष्ठले आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्नसक्ने बताउनुभयो । बाह्र घण्टाभित्र नानी सङ्कलन गरेर अस्पताल आइपुग्ने ठाउँमा पुगेर सङ्कलन गरिने उहाँको भनाइ थियो । श्रेष्ठले भन्नुभयो, “२४ सैँ घण्टा अस्पताल वा घर जहाँ भए पनि हामीले नानी सङ्कलन गर्दछौँ ।” धेरै टाढा भए पनि सोही स्थानको आँखा अस्पतालसँग समन्वय गरेर नानी सङ्कलन गर्ने व्यवस्था गरिने संयोजक श्रेष्ठको भनाइ थियो । – रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला
माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

ताजा समाचार

सबै

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.