चितवन, भदौ ९ –
भरतपुरको विकास चोकमा कार र अटो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
आज दिउँसो १ बजेको हाराहारीमा विकास चोकस्थित भित्री सडक खण्डमा भरतपुरबाट गितानगर तर्फ आउँदै गरेको ग३च ३९२२ नम्बरको कार र विपरित दिसाबाट जाँदै गरेको ना २ ह ४६५ नम्बरको अटो एक आपसमा ठक्कर खाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठक्कर खाँदा अटो र कारमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि पुरानो मेडिकल कलेजमा पठाइएको छ । दुबै सवारी साधन नियन्त्रणमा रहेको र कार चालक फरार भएका छन् ।
हेर्नुहोस्, जिल्ला प्रहरी कायर्यालय चितवनले उपलब्ध गराएको घाइतेहरुको विवरण :
अटोमा सवार :
१)अटो चालक जि. चितवन भरतपुर म.न.पा. २१ पार्बतिपुर बस्ने बर्ष ४० को मनराज गुरुङ मध्यम
२) अटोमा सवार जि. रुपन्देही भैरहवा बस्ने बर्ष ३० कि बिमला गुरुङ मध्यम ।
३) ऐ. बस्ने बर्ष ४को आयुश शाही सामान्य ।
४) जि. नवलपुर देवचुली १४ बस्ने बर्ष १५ कि रमिता गुरुङ मध्यम ।
५) ऐ. बस्ने बर्ष ६ कि सरुजा सिँजालि मगर मध्यम ।
६) ऐ. बस्ने बर्ष १४ को सरोज सिँजालि मगर सामान्य ।
कारमा सवार :
१) जि. कास्की पोखरा म.न.पा. ४ बस्ने बर्ष ४५ कि सिता गुरुङ मध्यम ।
२) सोही कारमा सवार ऐ. १० बस्ने बर्ष ३४ कि शसि थापा सामान्य ।
















