चितवन ७ भदौ-
भरतपुर महानगरपालिका ३ पुलचोक स्थित नारायणी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको खैरहनी नगरपालिका ७ सुर्तनि बस्ने २६ वर्षीया रिचा उप्रेतीले आज (मंगलबार) दिउँसो पौने तीन बजे नारायणी नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको हो।
उप्रेतीले नदिमा हाम फालेको भन्ने सुचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र कुमार शाहको कमाण्डमा बिपद उद्दार सामाग्री सहितको प्रहरी टोलीद्वारा उनको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।















