चितवन, भदौ ७-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुने बताएकी छन् ।
पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको समुद्धाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धनको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गरिन् ।
नारायणी तटबन्धको काम ४ वटा प्याकेजमा ठेक्का भई काम सुरु भएकाले अब राप्ती नदी नियन्त्रणको लागि महानगरपालिका अगाडि बढेको मेयर दाहालको भनाई छ ।
राप्ती नदी नियन्त्रणको काम भएपछि पश्चिम चितवनका नागरिकको ४० औँ वर्षदेखि समधान हुन नसकेको समस्या समधान हुने उनको तर्क थियो ।
‘पश्चिम चितवन भरतपुरको विकास केन्द्र बनेको छ,उनले भनिन,‘विकासको मोडल हेर्न भरतपुर आउने क्रम बढेको छ । विकासको कामलाई चुस्त बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’
मेयर दाहालले संघले साना–ठूला निर्माणको काम गरेर गुणस्तरीय सेवा प्रवाह गरेको बताउदै संघलाई महानगरपालिकाले आवश्यक सहयो गर्ने बताए ।








