चितवन, भदौ ७-
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव देखिएको छ ।
बन्द घोषणा गरिएको भनिए पनि आज चितवनको मुख्य बजार क्षेत्रहरुमा सामान्य रुपमा नै सवारी साधनहरु आवतजावत भइरहेका छन् । नरायणगढ, पुलचोक लगयात बजार क्षेत्रमा पसलहरु बन्द रहेपनि भित्री सडकहरुमा भने पसलहरु खुलेका छन् ।
यस्तै, सडक र चोकहरुमा सुरक्षाकर्मीको भने तैनाथ छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन ।
बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु¥याएका छन ।
चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।
तस्विर र भिडियोमा हेर्नुहोस्, चितवनका आजका प्रमुख संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले तयार पारेको सामग्री ।













भिडियो केही समयमा यहाँ, चितवन आजको फेसबुक पेज र युट्युबमा आउने छ ।








