चितवन, भदौ ६-
हरितालिका तिजका अवसरमा नारायणगढ स्थित नारी उत्थान केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
हरितालिका तिजका अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा भरतपुर महानगरपालिका वडा न १ का जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर १ का वडा अध्यक्ष केशव महर्जन, वडा न १ का जनप्रतिनिधि मनोज घिमिरे र राममाया पियालाई सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथि नारी उत्थान केन्द्रकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
संस्थाकी कार्यवाहक अध्यक्ष उषा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक निर्मला श्रेष्ठ रहेकी थिइन भने बिस्नु खत्रीले कार्यक्रम संचालन गरेकी थिइन् ।
संस्थाका सदस्यहरुको सो अवसरमा हरितालिका तीजको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै दर खाएका थिए ।








