भाद्र ४, चितवन –
क्रीकेट अम्पायर्स तथा स्कोरर्स एसोसिएसन नेपाल (कुसान) को आयोजनामा तिन दिने प्रशिक्षण कार्यक्रम आज चितवनमा समापन गरिएको छ ।
क्रीकेट एसोसिएसन नेपाल (क्यान) को आर्थिक सहयोगमा भएको कार्यक्रममा नेपालभरका अम्पायर्स तथा स्कोरर्सको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । चितवनको लेक ट्वान्टी थाउजेण्स एण्ड रिट्रीट फार्ममा भएको कार्यक्रममा विश्व क्रीकेटको सर्वोच्च निकाय आइसीसीले परिवर्तन गरेका क्रीकेटका नियमहरुको बिषयमा अम्पायर्स र स्कोरर्सलाई प्रशिक्षण दिइएको थियो ।
कुसानका उपाध्यक्ष लक्ष्मणनाथ योगीको सभापतित्व, क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहको प्रमुख आतिथ्यता र चितवन क्रीकेट संघका कार्यवाहक अध्यक्ष सुदिप पियाको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बिच आज प्रशिक्षण कार्यक्रम समापन गरिएको हो ।








