चितवन, भदौ ४-
चितवन राष्ट्रिय निकुञ्जभित्रका बाटोको झाडी फाड्ने कार्य सम्पन्न भएको छ ।
निकुञ्जभित्र सुविधा भएका बाटोको झाडी फाँड्न माडी नगरपालिकाले ३ लाख रुपैंया र निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिबाट बजेट व्यवस्थापन गरी झाडी फाँडिएको हो ।
बाटोमा अत्यधिक झाडी र बुट्यान बढ्दा सडक साँघुरिएको साथै जंगली जनावरको आक्रमण हुनसक्ने सम्भावना बढेको भन्दै बाटोको दुवैतर्फ १०-१० मिटर झाडी फाँडिएको निकुञ्जले जनाएको छ ।
बनकट्टा गाउँका करीब ४० जनाको समूहले हाते औजारको प्रयोग गरी कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म बाटोको झाडी सफा गरेका हुन् ।
झाडी सफा गर्न दुई हप्ताको समय तोकिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








