चितवन, भदौ २-
चितवनका माडीमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
अनेरास्ववियुको संगठन सुदृढीकरण तथा शुद्धिकरण १ महिने अभियान अन्तरर्गत कार्यक्रम आयोजना गरिएको जिल्ला कमिटी चितवनका संयोजक अमितकुमार गुप्ताले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा विद्यार्थी फाँट प्रमुख माधव ढुंगेल र नेकपा एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीको मुख्य प्रशिक्षण रहने छ ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष उमेश आचार्य, उपाध्यक्ष निशा अधिकारी, महासचिव समिक बडाल, एमाले चितवनका सचिव प्रकाश खनाल (सैलेश), नेकपा एमाले चितवन विद्यार्थी फाँट प्रमुख केशव आचार्य, माडी नगर कार्यपालिका प्रमुख तारा कुमारी काजी महतो, नेकपा एमाले जिल्ला कमिटी कार्यालय सचिव श्यामकुमार विष्ट, अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष राना क्षेत्री लगायतको उपस्थिती रहेको छ ।
प्रशिक्षण कार्यक्रम भोली शुक्रबार सम्पन्न हुनेछ । आज पहिलो दिन कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटी चितवनका उपसंयोजक हरि आचार्यले गरेका छन् ।








