चितवन, साउन ३०-
रोट्राक्ट क्लव अफ नारायणी मिड टाउनको १६ औ पदस्थापन एवं पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार साँझ आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२-२३ का अध्यक्ष हरि बहादुर विकले सपथ ग्रहण गरे ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि RI District 3292 sf] Past DRR and District Rotaract Committee Co–Chair सुशिल कुमार कार्कीले अध्यक्षको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा उत्कृष्ट रोट्राक्टहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२१ र २२ का अध्यक्ष प्रवेश अर्यालले विभिन्न अवार्डहरु प्रदान गरेका थिए ।
कार्यक्रममा डि.आर.आर.इलेक्ट रोट् रोशन कार्की, रोटरी क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष स्वयता उपाध्याय, रोटरी क्लव अफ नारायणी मिड टाउनका पूर्व अध्यक्ष एवं रोट्या-क्ट कोअर्डिनेटर अनिल थपलिया, रोट्राक्ट क्लव अफ नारायणी मिड टाउनका संस्थापक अध्यक्ष अपिल श्रेष्ठ, पूर्व अध्यक्षज्यूहरु लगाएत थुपै रोट्या-क्ट जिल्ला परिषद् ३२९२ का पदाधिकारी लगायतले मन्तव्य व्यक्त गरेका यस कार्यक्रमका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा क्लव उपाध्यक्ष राजिव घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको थिए भने वर्ष २०२२ र २३ का अध्यक्ष अध्यक्ष हरि बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम आषिस नेपाल र सागर पराजुलीले संचालन गरेका थिए । कार्यक्रमका संयोजक क्लवका प्रेसिडेन्ट इलेक्ट विनोद श्रेष्ठ थिए ।








