चितवन, साउन २६-
चितवनमा नेपाली काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढेको भन्दै निवर्तमान जिल्ला सचिव उत्तम जोशीले चिन्ता व्यक्त गरेका छन् ।
जिल्लाका पत्रकारहरुसंग कुराकानी गर्दै जोशीले उक्त चिन्ता व्यक्त गरेका हुन ।
पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताले सदस्यता परित्याग गर्दा काँग्रेसलाई संकट पर्न सक्ने उनको अनुमान छ ।
‘बिभिन्न स्थानीय तहमा लामो समय नेतृत्व गरेका, पार्टी र भातृ संस्थाको नेतृत्व गरिसकेका व्यक्तिहरुले पार्टी छाड्नु दुखद छ, सचिव जोशीले भने – यसबारेमा गंभिर बन्न पार्टीको नेतृत्वसंग माग गर्दछु ।’ यथाशिघ्र गंभिर बन्नु आवश्यक छ ।
पार्टी नेतृत्वप्रति अहिलेकै गतिमा असन्तुष्टि बढ्दै गए पार्टीप्रति नै बितृष्ण जाग्न सक्ने हुँदा सकभर पार्टीभित्रै बसेर आन्तरिक संघर्ष गर्न निवर्तमान सचिव जोशीको सुझाब छ ।
भुइँ कटरहर समूहलाई पनि संवोधन गरौं निवर्तमान सचिव जोशीले गत स्थानीय तहको निर्वाचनका बेला बिद्रोह गरेकाहरुलाई पनि पार्टीमा फिर्ता बोलाउन आह्वान गरेका छन ।
बिशेष परिस्थितमा उत्पन्न भएका घट्नाक्रमलाई सँधै उही नजरले हेर्दा पार्टीलाई घाटा पुग्ने उनले औँल्याएका छन ।
चुनाबका बेला कार्वाही गरिएका र सोहि कारण पार्टीबाट टाढीएकालाई संघ र प्रदेशको चुनाब अघि मूल धारमा फर्काउने पहलकदमी लिन जिल्ला नेतृत्वको जोशीले ध्यानाकर्षण गराएका छन ।
गत स्थानीय तह निर्वाचनमा माओबादीलाई भरतपुरको मेयर छाडेपछि काँग्रेसमा केही नेताले बिद्रोह गरेका थिए ।








